समाचार

कोरोना अपडेट : ८२ हजारको मृत्यु, के छ युरोपियन राष्ट्रहरुको अवस्था?

काठमाडौं– विश्वभर कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ८२ हजार नाघेको छ। 

नेपाली समय अनुसार बुधबार बिहान साढे ७ बजेसम्म विश्वमा कोरोना भाइरबाट मुत्यु  हुनेको संख्या  ८२ हजार २० पुगेको हो। 

जोन्सहप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमाभर १४ लाख २८ हजार४ सय २८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। 

कोरोना भारइरसबाट संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ३ लाख १ सय ९८ पुगेको छ। 

कोरोना भाइरसको संक्रमणबाट २४ घन्टामा  संसारभरी ८४ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने ७ हजार भन्दा बढी मानिसको मुत्यु भएको छ। 

अमेरिकामा एकै दिनमा ३३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने १ हजार ९ सयभन्दा बढी मानिसको मुत्यु भएको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ३ लाख ९८ हजार १ सय ८५ पुगेको छ।

युरोपियन देशहरुमा कोरोना संक्रमणको अवस्था 
स्पेनमा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। स्पेनमा संक्रमितको संख्या १ लाख ४१ हजार ९ सय ४२ पुगेको छ।  १४ हजार ४५ जनाको कोरोना भाइरसको संक्रमणबाट मुत्यु भइसको छ।  ४३ हजार २ सय ८ जना बिरामी उपचारपछि निको भएर घर फर्किसकेका छन्। 

इटालीमा १ लाख ३५ हजार ५ सय ८६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १७ हजार १ सय २७ मानिसको मुत्यु भइसको छ। २४ हजार ३ सय ९२ जना निको भएर घर फर्किसकेको छन्। 

फ्रान्समा  १ लाख १० हजार ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। १० हजार ३ सय २८ जनाको मुत्यु भइसको छ। १९ हजार ५ सय २३ जना निको भएर घर फर्किसकेका छन्। 

जर्मनीमा १ लाख ७ हजार ६ सय ६३ जना  संक्रमित भएका छन्। २ हजार १६ जनाको मुत्यु भइसको छ। ३६ हजार ८१ जना निको भएर घर फर्किसकेका छन्। 

युकेमा ५५ हजार ९ सय ४९ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। ६ हजार १ सय ५९ जनाको मुत्यु भइसको छ। १ सय ३५ जना निको भएर घर फर्किसका छन्। 

बेल्जियमा २२ हजार १ सय ९४ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २ हजार ३५ जनाको ज्यान गइसकेको छ। ४ हजार १ सय ५७ जना निको भएर घर फर्किसकेका छन्। 

स्विजरल्याण्डमा २२ हजार २ सय ५४ जना संक्रमित भएका छन्। ८ सय २१ जनाको मुत्यु भइसको छ।  ८ हजार ७ सय ४ जना निको भएर घर फर्किसकेका छन्। 

नेदरल्याण्डमा १९ हजार ५ सय ८० जना कोरोना भाइरसबाटसंक्रमित भएका छन् । २ हजार १ सय १जनाको मुत्यु भैसको छ। २ सय ५० जना निको भएर भर फर्किसकेका छन् । 

अष्ट्रियामा १२ हजार ६ सय ३९ जना मानिस कोरोना भाइरबाट संक्रमित भएका छन्। २ सय ४३ जनाको मुत्यु भइसको छ। ४ हजार ४६ जना निको भएर घर फर्किसकेका छन्। 

पोर्चुगलमा १२ हजार ४ सय ४२ जना संक्रमित भएका छन्। ३ सय ४५ जनाको मुत्यु भइसकेको छ। १ सय ८४ जना निको भएर घर फर्किसकेका छन्। 

डेनमार्कमा ५ हजार ७१ जना कोराना भाइरसबाट संक्रमित भएका छन्। २ सय ३ जनाको मुत्यु भइसको छ। १ हजार४ सय ९१ जना निको भएर घर फर्किसकेका छन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने