काठमाडौं- चाबहिलस्थित ॐ अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको छ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको महामारी र लकडाउनको बिषम परिस्थितिमा बिरामीको सुविधाका लागि टेलिमेडिसिन सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले डाक्टरहरुको सूची र समतालिका सार्वजनिक गर्दै उक्त सेवा सुरु गरेको जानकारी दिएको हो।
टेलिमेडिसिन सेवा अन्तर्गत सम्बन्धित विशेषज्ञ चिकित्सकसँग परामर्शकालागि तल दिइएको लिंकमा क्लिक गर्नुपर्ने हुन्छ।
ॐ अस्पताल टेलिमेडिसिन सेवा [यहाँ क्लिक गर्नुहोस्]