काठमाडौं - सरकारले कोरोना आशंकमा एक हजारभन्दा बढीको नमुना संकलन गरेको छ। हालसम्म २ हजार ३ सय ६६ जनाको नमूना परीक्षण भएकोमा बुधबार १ सय ८० जनाको परीक्षण भइरहेको हो ।
कोरोनाको परीक्षणका लागि कैलाली र कञ्चनपुरबाट १ सय ९८, अछाम, जुम्ला र सुर्खेतबाट ८ सय २ जनाको नमूना संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
दिपायलमा पनि नमूना संकलनका लागि टोली खटिएको र ३ सयभन्दा बढी नमूना संकलन गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए।
काठमाडौंमा १२ र उपत्यका बाहिर १ सय २२ जना आईसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अहिले ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा छन्।
नेपालमा संक्रमण पुुिष्ट भएका ८ जनाको कन्ट्याक ट्रेसिङको काम सकिएको देवकोटाले जानकारी दिए। संक्रमितमध्ये धनगढीमा चार, बागलुङमा २ र टेकु अस्पतालमा २ जना रहेको मन्त्रालयले जनाएको छ ।