काठमाडौं- त्रिवि शिक्षण अस्पतालका आवासिय डाक्टरहरुले ड्युटी सकेर फर्केका तीन जना डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका छन्।
नेसनल रजिडेन्ट डक्टर्स एसोसिएसनले बुधबार राती विज्ञप्ति जारी गर्दै डाक्टरमाथि लाठीचार्ज र गालीगलौज गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र कारबाही अगाडी बढाउने आह्वान गरेको हो। एसोसिएसनले कारबाहीको प्रक्रिया अगाडि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि दिएको छ।
बुधबार राती ८ बजे अस्पतालबाट ड्युटी सकेर फर्कने क्रममा कान्ति बाल अस्पताल पछाडिको आरोलामा प्रहरीले तीन जना डाक्टरमाथि लाठी प्रहार गरेको थियो। प्रहरीको लाठी प्रहारका कारण एक जना डाक्टरको हात र ढाडमा चोट लागेको छ।
प्रहरीले डाक्टर शम्भु खनाल, डा विकास शाह र डा तेजप्रकाश साहमाथि लाठी प्रहार गरेको हो। लाठी प्रहारका कारण डा तेजप्रकाशको हात र ढाडमा चोट लागेको छ।
महाराजगञ्ज डिएसपी उमेश लम्सालले डाक्टरहरुलाई कुटपिट नगरेको तर लखेटेको बताए।
यो पनि :