-सुशिल ढकाल
सबेरै उठेर म नियालिरहेछु
यी सडकहरु,
जुन गाडी र भिडको कोलाहलमा अभ्यस्त थिए
आज शान्त छन,
कुनै विशाल नदीको शलिनता जस्तै!
म नियालिरहेछु
खुला आकाश,
जुन धुलो र धुँवाको पर्दा भित्र कुण्ठित हुन्थ्यो
आज धपक्क बलेको छ,
घुम्टो खोल्दै गरेकी नौली बेहुली जस्तै!
म निहालिरहेछु
यी गल्ली र चोकहरु,
जहाँ वर्तमान बेचेर भविष्य किन्नेहरुको भिड हुन्थ्यो
आज उजाड छन्
कुनै बिधवाको सिउदो जस्तै!
म नियालिरहेछु
मानव जगत माथि मडारिएको,
कोरोनाको कालो बादल
नियालिरहेछु
कालो बादलका चाँदिका रेखाहरु!
म नियालिरहेछु
माहामारिको अग्रमोर्चामा लडिरहेका
स्वास्थ्यकर्मी, प्रहरी र समाजका हिरोहरुलाई
नियालिरहेछु
हामीबीचको प्रेम, सद्भाव विश्वास र आशाका किरणहरुलाई!
आउनुहोस्
बालौ दियो विश्वासको,
आस्था र भारोसाको!
आपसी सहयोगा र सद्भावको,
हौसला कदर र सम्मानको!
अनी जुट्नेछन सारा नेपाली!
अनी उठ्ने छ हाम्रो नेपाल!
फेरी शान्ति र समृद्धी तर्फ लम्किने छ नेपाल!
विश्वमान चित्रमा चम्किने छ नेपाल!
(ढकाल युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत छन्)