-ज्वाला ढकाल
ए कोरोना
तिमी फूल बनेर आएको भए
विश्व तिम्रो सुगन्धमा हराउथ्यो
तिम्रो सुन्दरतामा रमाउथ्यो
तर तिमी
भाइरस बनेर आयौ
संसारैलाई त्रसित बनायौ
अब त तिमी फर्केर जाऊ
फेरि यहाँ कहिले नआऊ।।
तिम्रो आतंकले संसारभर
सन्नाटा छाएको छ
देश विदेश गाँउ शहर
पक्षघातको बिरामी जस्तै भएको छ।
धेरै मुलुकहरुले
आफ्ना अनमोल रत्नहरु गुमाएका छन्
त्यसैले ए कोरोना
तिम्रो उद्दन्डता देखेर सिङ्गो विश्वलाई
उदेक लागेको छ।
मायालु मनहरुमा त्रासको पर्खाल लागेको छ
मानव हृदय रोग, भोक र शोकले
विछिप्त बनेको छ
सम्वृद्धिका पानाहरु
मेटिने डर अनि
गरिबि र बेरोजगारिले
जरो गाढ्ने भय देखिन्छ।
सडक बन्द छ
मन्दिर मस्जिद अनि गुम्बा
सबै बन्द छन्
शहर बन्द र शान्त छ तर
मन आत्तिएको छ
अब त सडकमा पहिला जस्तै
मोटर गुडेको हेर्ने रहर छ
गल्लि गल्लिमा हुने भिड हेर्ने रहर छ
निदायको शहर होइन
ब्युँझिएको शहर हेर्ने रहर छ।
मन्दिरको ढोका खुलेको
दियो बलेको र घन्टा बजेको
हेर्ने रहर छ
त्यसैले कोरोना अब तिम्रो
विश्व यात्रा अन्त्य गरि
सन्सारलाई तिमीबाट मुक्ति देऊ।।