डा कृष्ण रेग्मी
कोरोना भाइरस महामारीका सन्दर्भमा भन्नुपर्दा सबैभन्दा जोखिमयुक्त पेसा दन्त सेवा हो। त्यसो हँुदाहँुदै पनि दैनिक तथा नियमित दन्त सेवाहरु लामो समय बन्द गरिँदा भोलिका दिनमा दाँतको समस्याले थप जटिलता निम्त्याउने खतरा हुन्छ।
समयमा दाँतको उपचार हुन नसक्दा मुख तथ अनुहार पाक्ने तथा सुन्निने समस्या हुन्छ। त्यसका कारण धेरै बिरामीहरु अस्पताल भर्ना गरेर सघन उपचारको आवश्यकता पर्ने हुनसक्छ भने बिरामीको ज्यान समेत जोखिममा पर्छ।
यस परिस्थितिमा कोरोना संक्रमण फैलिन नदिनको लागि एक समर्मित दन्त सेवा र मुख तथ अनुहार शल्यचिकित्सा सेवा अत्यावश्यक छ। यसर्थ सक्रिय र निवारक उपायहरु अपनाई दन्त सेवा पुनस्र्थापना गर्नका लागि एउटा आधारभूत प्रोटोकल सम्बन्धित निकायहरुबाट बनाइनु पर्छ।
विश्व कोरोना भाइरस रोग (कोभिड १९) ले आक्रान्त परिरहेको छ। यस विषम परिस्थितिलाई नेपालाले यसको दोस्रो चरणमै नियन्त्रण गर्न सफल भइरहेको छ। देशभर लकडाउन लगाइएको पनि एक महिनाभन्दा बढी भइसक्यो।
कोरोना विरुद्ध खोप तथा अन्य ठोस उपचार विधि पत्ता लगाइनसकिएको यस विषम परिस्थितिमा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न होस् या रोग नियन्त्रण गर्न होस्, व्यक्तिगत सुरक्षा उपकारण (पिपिई) को ठूलो भूमिका हुन्छ।
दन्त तथा मुख शल्यचिकित्सा प्रक्रिया नियमित रुपमा ड्रिल तथा अल्ट्रासोनिक उपकरणहरुको प्रयोग गरिरहनुपर्ने हुनाले संक्रामक हावापानीका फोकाहरू निरन्तर उत्पादन हुने गर्छन्। यसै कारणले गर्दा युरोप तथ अफ्रिका लगायतका देशहरुले नियमित दन्त सेवा बन्द गरिरहेक छन् भने अमेरिका तथा चीन जस्त देशहरु विस्तारै आफ्ना सेवाहरु खोल्ने निर्णय तथा तयारी गर्दै छन्। अमेरिकले त ुरेओपेन अमेरिकाु भन्ने मुल मुद्दा सहित विभिन्न निर्देशिका बनाउँदै छ।
नेपालमा भाइरस संक्रमण फैलिन नदिनु एक महत्वपूर्ण पाटो हो भने दन्त सेवा लगायत अन्य नियमित स्वास्थ्य सेवा सुचारु गर्नु अर्को अत्यावश्यक पाटो हो।
दन्त रोगको बेलैमा उपचार नगर्दा जतिलता बढ्न गई पछि आकस्मिक सेवा लिन आउने बिरामीहरुको संख्या बढ्छ। यसको प्रत्यक्ष असर चिकित्सा सेवाका अरु विधाहरुमा पर्न जान्छ। साथै समयमा उपयुक्त उपचार नगरिँदा संक्रमण फैलिएर बिरामीको श्वासनलीमा असर पर्छ, जसलाई सघन उपचारको आवश्यकता पर्छ भने बिरामीको ज्यान समेत जोखिममा पर्छ।
मुख तथ मुखभित्रका भागहरु अत्यन्त जटिल र संवेदनशील छन् र यिनको स्वस्थता दिमाखदेखि मुटुसम्मको स्वस्थतासँग प्रत्यक्ष गाँसिएको हुन्छ। मुखभित्र हुने हजारौं ससाना र्याल ग्रन्थीहरु र यिनको उत्पदन गर्ने र्याल धेरैथरीका किटाणु, जिवाणु, विषाणुको भन्डारण हुन्। साथै र्याल ग्रन्थीले कोरोना भाइरस भन्डारण गरेर राखेको हुनसक्ने कुरा पनि हालसालै पुष्टि भएको छ।
र्याल ग्रन्थीमा सुसुप्त रुपमा बसेको कोरोना विषाणु मुख तथा अनुहारको रोगले गर्दा पुनः सक्रिय हुनसक्छ। यस परिस्थितिमा कोरोना संक्रमण फैलिन नदिनको लागि दक्ष जनशक्तिबाट बेलैमा दाँत, मुख तथा अनुहारका रोगहरुको निदान तथा उपचार आवश्यक छ। जसले गर्दा बारम्बार बिरामीको अस्पताल सम्पर्क घट्छ भने अन्टिबायोटिक रेसिस्टन्स कम गर्न मद्दत पुग्छ। साथसाथै जनाताको प्राथमिक स्वास्थ्यको अधिकार पनि सुनिश्चित गर्छ।
यस परिस्थितिलाई मध्यनजर गर्दा हाललाई दन्तरोगको प्रकृति मुताविक पुनस्र्थापनात्क उपचार भन्दा पनि रोगको कारक दाँतको निष्काशनमा प्राथमिकता दिनुपर्दछ।
त्यस्तै मुख भित्रका अन्य भागहरुको संक्रमण छ भने त्यसको उपयुक्त उपचार जतिसक्दो छिटो गरिनुपर्छ। यो सबै काम एक समर्मित दन्त सेवा र मुख तथ अनुहार शल्यचिकित्सा सेवा विना सम्भव छैन।
यो समग्र परिस्थितिलाई मध्यनजर गर्दै नियमित तथा आकस्मिक दन्त सेवाको लागि आउने सम्भावित कोभिड १९ बिरामक्ीहरु र एक दन्त चिकित्सक कोरोना पोसिटिभ हुने कुरा नेपाल सरकार तथा सम्बन्धित निकायले गहन रुपमा लिनुपर्छ। अनि दन्त सेवामा संलग्न जनशक्तिको कोरोना परीक्षण गरिनु पर्छ। अतः सक्रिय र निवारक उपायहरु अपनाई दन्त सेवा पुनस्र्थापना गर्नका लागि एउटा आधारभूत प्रोटोकल स्थापित गरिनु अहिलेको टड्करो आवश्यकता हो।
(डा रेग्मी भरतपुर अस्पतालका कन्सल्ट्यान्ट ओरल तथा म्याक्जिलोफेसियल सर्जन हुन्)