काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ५६ लाख ९० हजार ९ सय ५१ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ १६ लाख ९८ हजार ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ४ लाख ११ हजार ८ सय २१, रुसमा ३ लाख ७० हजार ६ सय ८०, बेलायतमा २ लाख ६८ हजार ६ सय १९, स्पेनमा २ लाख ३६ हजार २ सय ५९, इटालीमा २ लाख ३१ हजार १ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ५५ हजार ६ सय १५ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। अमेरिकामा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। त्यहाँ १ लाख २ सय ७६ जनाको मृत्यु भएको हो। विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्याको आधारमा अमेरिकामा मात्रै २८ दशमलव २४ प्रतिशतको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३७ हजार ५ सय ४२, इटालीमा ३३ हजार ७२, फ्रान्समा २८ हजार ५ सय ९९, स्पेनमा २७ हजार १ सय १७, ब्राजिलमा २५ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ।
विश्वभर २३ लाख ५० हजार ७१ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ३ लाख ९१ हजार ५ सय ८ जना छन्।
त्यस्तै, ब्राजिलमा १ लाख ६६ हजार ६ सय ४७, जर्मनीमा १ लाख ६२ हजार ८ सय २०, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ४७ हजार १ सय १, रुसमा १ लाख ४२ हजार २ सय ८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा ८ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ।
त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ। भारतमा हालसम्म ६७ हजार ७ सय ४९ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ५९ हजार १ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार २ सय २५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १९ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या १ हजार ४ सय ६९ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १० छ भने निको हुनेको संख्या ७३२ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ३८ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ सय ४४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७ हजा ९ सय २५ छ।
अफगानिस्तानमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ। अफगानिस्तानमा २ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ हजार १ सय ३८ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या २८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।
माल्दिभ्समा संक्रमितको संख्या १ हजार ४ सय ५७ छ। मृत्यु हुनेको संख्या ५ छ भने उपचारपछि निको हुनेको संख्या १९७ पुगेको छ।