काठमाडौं- विश्वभर ६४ लाख ३० हजार ७ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १८ लाख ५११ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, ब्राजिलमा ५ लाख ८४ हजार १६, रुसमा ४ लाख ३१ हजार ७ सय १५, बेलायतमा २ लाख ८१ हजार २ सय ७०, स्पेनमा २ लाख ४० हजार ३ सय २६, इटालीमा २ लाख ३३ हजार ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ३ लाख ८५ हजार ९ सय ४७ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ १ लाख ७ हजार १ सय ७५ जनाको मृत्यु भएको छ।
त्यस्तै, बेलायतमा ३९ हजार ८ सय ११, इटालीमा ३३ हजार ६ सय १, ब्राजिलामा ३१ हजार १ सय ९९ जनाको मृत्यु भएको छ।
विश्वभर २८ लाख ४ हजार ९ सय ८५ जना संक्रमणमुक्त भएका छन्। बिहीबार बिहानसम्म अमेरिकामा ४ लाख ७९ हजार २ सय ५८, ब्राजिलमा २ लाख २३ हजार ६ सय ३८, रुसमा १ लाख ९५ हजार ५ सय ५९, जर्मनीमा १ लाख ६७ हजार ४ सय ५३ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मात्रै २ सय १ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा कोरोना संक्रमणपछि ९ जनाले ज्यान गुमाएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ८ सय २४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ६ हजार ८८ पुगेको छ। भारतमा हालसम्म १ लाख ४ हजार ७१ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म ८० हजार ४ सय ६३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार ६ सय ८८ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २८ हजार ९ सय २३ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या १ हजार ७ सय ४९ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या ८३६ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या ५५ हजार १ सय ४० पुगेको छ। बंगलादेशमा हालसम्म ७ सय ४६ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ११ हजार ५ सय ९० छ।
अफगानिस्तानमा संक्रमितको संख्या १७ हजार २ सय ६७ पुगेको छ। अफगानिस्तानमा २ सय ९४ जनाको मृत्यु भइसकेको छ भने १ हजार ५ सय २२ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ४७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ९ छ।
माल्दिभ्समा संक्रमितको संख्या १ हजार ८ सय ५० छ। मृत्यु हुनेको संख्या ७ छ भने उपचारपछि निको हुनेको संख्या ६४४ पुगेको छ।