नवराज जोशी
खराब घटनाहरुको एक विस्तारले वर्षमा लात हान्छ, अनि बाँकी वर्षहरुमा र बाँकी पुस्ताहरुमा समेत यसले गहिरो दाग छोड्छ। यस्तो अवस्था सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेसन)पछि अहिले नै हुनुपर्छ सायद। 'दुई हजार र बीस', वा 'दुई-ओ दुई-ओ' वा 'टु-जिरो टु-जिरो' ट्वान्टी ट्वान्टी।
ट्वान्टी ट्वान्टी अर्थात् २०२० हालको वर्ष हो। यसलाई इसं १५८२ मा पोप ग्रेगोरी तेह्रौँले लागू गरेका हुन् र उनैको नामबाट नै यसको नाम ग्रेगोरियन क्यालेन्डर रहन गएको पाइन्छ। यो ग्रेगोरी क्यालेन्डर इस्वी सम्वतमा आधारित क्यालेन्डर हो। यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो र यो जुलियन क्यालेन्डरको रुपान्तरण हो। यसको एकाइ ‘दिन’ हुने हुन्छ।
प्राय: ३६५ दिनको एक वर्ष हुन्छ तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ। (स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट) हालको यो २०२० वर्ष पनि अधिक वर्ष हो।
ट्वान्टी ट्वान्टी वर्षलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नर्स र सुँडेनी वर्षको रुपमा तोकेको छ भने संयुक्त राष्ट्रसंघले प्लान्ट स्वास्थ्यको अन्तर्राष्ट्रिय वर्षको रुपमा घोषणा गरेको छ। ध्वनीको लागि अन्तर्राष्ट्रिय आयोग (आइसिएस) ले ध्वनीको अन्तर्राष्ट्रिय वर्षको रुपमा तोकेको भने नेपाल सरकारले यसै वर्ष अर्थात् सन् २०२० लाई नेपाल भ्रमण वर्ष रुपमा मनाउने घोषणा गरेको थियो।
सन् २०२० लाई भ्रमण वर्ष अभियानका रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिई जनवरी १ मा भव्य समारोहच दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ समेत गर्नुभएको थियो। तर सन् २०१९ बाट नै चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने भएकाले भ्रमण वर्षको रुपमा तोकिएका प्रवर्धनात्मक कार्यक्रमहरु हाललाई स्थगित गरिएको छ।
यो संकटले अहिलेसम्मकै ठूलो भनिएको सन् १९३० को विश्वव्यापी आर्थिक महामन्दी (ग्रेट डिप्रेसन)लाई समेत बिर्साउने संकेत छ। यसले गम्भीर विश्वव्यापी सामाजिक र आर्थिक अवरोध सिर्जना गरेको अवस्थामा यो ट्वान्टी ट्वान्टी वर्ष एक महान संकट, एक महान मन्दी अनि विश्व हलचल मानव जगतको बानी-व्यवहार समेत परिवर्तन गरी सीमित तटस्थतामा पुर्याटएको छ।
सन् २०२० मा 'समय नै पैसा हो' भन्नेर वाक्यलाई 'जीवन पैसा हो' तर्फ धकेलिएको छ। पानीको कम प्रयोग गरौँ, पानी बचत गरौँ भन्नेा वाक्यलाई दिनमा धेरै पटक हात धुनुहोस। अल्कोहलको प्रयोग स्वास्थ्यको लागि हानिकारक छ भन्नेम वाक्यलाई कम्तीमा पनि ६५ प्रतिशतभन्दा बढी अल्कोहल भएको स्यानिटाइजरको प्रयोग गर्न सिफारिस गरेको अवस्था छ।
समाजमा सामाजिक क्रियाकलापहरुमा सहभागी हुनु अर्थात् सामाजीकरण राम्रो हो भन्नेि वाक्यलाई अहिले सामाजिक नहुनुहोस् भन्नेततर्फ धकेलेको छ। बाल-बच्चालाई मोबाइल लगायतका इलेक्ट्रोनिक सामानहरुबाट टाढा राख्नुगपर्छ भन्नेो वाक्य अहिले शिक्षा अनलाइनको माध्यमबाट सञ्चालन गर्नुपर्छ भन्नेोतर्फ सबैले सुझाव दिएको पाइन्छ।
यात्रा तथा हाइकिङ लगायतका घुमफिरजन्य कार्यहरु स्वास्थ्यका लागि हितकारी छन्, सार्वजनिक सवारी साधनहरुको बढी प्रयोग गरौँ भन्नेछ धारणा अहिले आफ्नै निजी सवारीसाधन प्रयोग गरौं भन्नेातर्फ डोरिएको छ भने अतिथी देवो भव: वाक्यले त झन् आफ्नो अस्तित्व गुमाएको जस्तो देखिन्छ ‘कुनै पनि पाहुनालाई निषेध गरिएको छ’ वाक्यले। यी र यस्तै विविध चलनचल्तिमा आएका महङ्गा एवं महान वाणीहरुलाई यसले वर्तमान समयमा उल्टोतर्फ घुमाइदिएको छ अर्थात् यस समयको समीकरणले सस्तो एवं कमसल बनाइदिएको छ। यही हो 'दि क्लास अफ ट्वान्टी ट्वान्टी' को युग।
समयको स्वच्छता आँउदो दिनमा मानव जीवनको लागि एक उद्दारकर्ताको रुपमा लिनुपर्ने मानिन्छ। किनकि, एक छोटो समयमा यो कोरोना भाइरसले यतिसम्मको त्रास फैलाउँछ भन्ने सायद कल्पना समेत गरेको छैन होला कसैले। कोभिड-१९, लकडाउन, स्वाब संकलन, क्वारेन्टाइन, होम क्वारेन्टाइन, सेल्फ क्वारेन्टाइन, आरडिटी टेस्ट, पिसिआर टेस्ट, संक्रमण, आइसोलेसन, स्यानिटाइजर, पिपिई, के एन् नाइन्टी फाइभ मास्क लगायतका शब्दहरु सबै व्यक्ति, सञ्चार माध्यमहरुमा नसुनिएको दिनै हुँदैन अचेल। यी शब्दहरु ट्वान्टी ट्वान्टीको पुस्ता र आउने पछिल्लो पुस्ताले पनि सम्झिने गरी कैद भएका छन् विश्व शब्दकोषमा।
हामी नेपालीको परम्परागत ग्रिटिङको सुरुवाती शब्द “नमस्ते” कोरोना भाइरस फैलिएपछि विश्व भरि सबैको अभिवादनको एक मुख्य “ब्रान्ड” भएको छ। परिवारसँग समय बिताउन नपाएकाहरु यो समय परिवारको सम्पर्कमा बढी व्यस्त र मस्त छन्। बाहिरी निस्कने कुनै सुरसार देखिँदैन। सामान्य खानपिन, पौष्टिक आहारको खोजी लगायत पारिवारिक वातावरणमा बस्नुपर्छ भन्ने प्रकृतिको सन्देश जस्तो भएको छ वर्तमान ट्वान्टी ट्वान्टीको समय।
परनिर्भरतालाई आत्मनिर्भरतामा बदल्दै लगेको छ अर्थात् दिनभर अर्काको काम गरी बेलुकाको छाक टार्नमा मात्र सीमित कैयौं क्षेत्रका कामदारहरु आफ्नो इलम, पेसा अनि व्यवसायतर्फ आकर्षित हुँदै गइरहेका छन्। दैनिक स्कुल तथा शैक्षिक संस्थाहरुमा प्रत्यक्ष रुपमा उपस्थित भई नै अध्ययन गर्नुपर्छ भन्नेै मान्यता आजकल आत्म-अध्ययन तथा गृह शिक्षणमा परिवर्तन भएको छ, जसले शैक्षिक जगतमा नयाँ नयाँ खोज अनुसन्धान गरिनुपर्छ भन्ने् पाठ सिकाएको छ।
सहर पसेर भुटेको मकैलाई ‘पप कर्न’ भन्नेि जमातलाई 'खाए मकै नत्र भोकै' भन्नेर गाँउतिर नै फर्काएको छ। अनि म त विदेश जान्छु, टन्न कमाउँछु, शहरमा दुई-तीन आना जग्गा किन्छु र बस्छु तर यो गाउँमा त बसिँदैन भन्नेरहरुलाई झन “आफ्नो गाँउ आफैं बनाउँ” भन्नेन नारा कण्ठ छ र उनीहरु सबै अहिले ज्यान जोगाउन गाउँ पसेका छन्। यस्तै विविध परिवर्तन लगायतले जनताको जीवनशैलीमा अस्वभाविक परिवर्तन ल्याएको छ यो कोरोना भाइरस अनि ट्वान्टी ट्वान्टीको युगले।
अन्त्यमा,
यो ट्वान्टी ट्वान्टी वर्षले अहिलेसम्मकै मानव जीवनको अत्यन्त अनिश्चिातता र विल्कुल नयाँ आदर्श अनि पुस्ता परिभाषित क्षण झल्काएको छ। आशा राखौं कि हामी विश्वव्यापी ऐक्यवद्धताका साथ सत्यलाई चिन्नल सक्ने, क्लाइमेट चेन्ज, इकोलोजिकल चेन्जबारे जानकारी राख्नेि, खतरा महसुस गरी व्यवस्थापकीय निर्णय लिन सक्ने एवं निगरानी राख्न् सक्ने, तनाव व्यवस्थापन देखी नैतिक शिक्षा प्रदान, समस्या वा खाँचो परेका व्यक्तिहरुलाई सहयोग पुर्यानउने उदारता विकास लगायतका उल्लेखित र यस्तै अन्य प्रकारका सकारात्मक क्रियाकलापहरु गर्नेछौं।
यस ऐक्यबद्धताले हामी सबैलाई हामीले छोड्ने एउटा मार्गको रुपमा वा यस समयमा हामीले लिने प्रत्येक निर्णय, गरेका क्रियाकलापहरु, खोज अनि अन्वेषणहरु लगायतले सधैंका लागि चिनाउने भएको छ “दि क्लास अफ ट्वान्टी ट्वान्टी” को रुपमा हामीहरुलाई, जुन भविष्यको इतिहासको रुपमा लेख्न् बाँकी नै छ।