विश्व स्वास्थ्य

भारतमा एकै दिन ३७ हजार कोरोना संक्रमित थपिए

एजेन्सी– भारतमा हरेक दिन कोरोना संक्रमणले नयाँ रेकर्ड बनाउन थालेको छ। त्यहाँ शनिबार ३७ हजार ४ सय ७ संक्रमित थपिएका छन्।

भारतमा आइतबार बिहानसम्म संक्रमितको संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेको छ। शनिबार ५ सय ४३ जनाको मृत्यु भएको छ,। शनिबार महाराष्ट्रमा संक्रमितको संख्या ३ लाख ९ सय ३७ पुगेको छ भने २४ घण्टामा यहाँ ८ हजार ३ सय ४८ संक्रमित थपिएका छन्।

मुम्बईमा मात्र संक्रमितको संख्या १ लाख ३ सय ५० छ। यहाँ ११ हजार ५ सय जनाको मृत्यु भएको छ। 

एकै दिन ३० हजारभन्दा बढी संक्रमित थपिएको यो लगातार तेस्रो दिन हो। यसअघि १६ जुलाईमा ३२ हजार ६ सय ९५ र १७ जुलाईमा ३४ हजार ९ सय ५६ संक्रमित थपिएका थिए। १२ जुलाईयता लगातार २८ हजारभन्दा बढी संक्रमित हरेक दिन थपिइरहेका छन्।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने