विश्व स्वास्थ्य

ब्राजिलका राष्ट्रपतिको तेस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखियो

एजेन्सी– ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमा तेस्रो परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको छ। गत ७ जुलाईमा कोरोना पोजिटिभ देखिएपछि उपचार गराइरहेका बोल्सोनारोमा पुनः पोजिटिभ देखिएको हो। 

उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनलाई राष्ट्रपतिको मेडिकल टिमले हेरिरहेको सञ्चार मन्त्रालयले जनाएको छ।

ब्राजिलमा पनि तीव्र गतिमा कोरोना भाइरस संक्रमण फैलिइरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ब्राजिलमा २१ लाख ५९ हजार ६ सय ५४ जना संक्रमित भएका छन् भने ८१ हजार ४ सय ८७ जनाको मृत्यु भइसकेको छ। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने