विश्व स्वास्थ्य

ब्राजिलमा एकै दिन थपिए ५१ हजार कोरोना संक्रमित

एजेन्सी– ब्राजिलमा एकै दिन ५० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ५१ हजार १ सय ४७ संक्रमित थपिएका हुन्। लगातार ५० हजारभन्दा बढी संक्रमित थपिएको यो चौथो दिन हो। यस्तै, एकै दिनमा १ हजार २ सय ११ जनाको मृत्यु भएको छ।

योसँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या २३ लाख ४३ हजार ३ सय ६६ पुगेको छ भने ८६ हजार ४ सय ४९ को मृत्यु भइसकेको छ। ब्राजिलमा गत साता ३ लाख २१ हजार ६ सय २३ संक्रमित थपिएका हुन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने