विश्व स्वास्थ्य

अमेरिकामा कोरोना : मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

एजेन्सी– कोरोना भाइरस संक्रणबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ५० हजार नाघेको छ। 

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो आँकडाअनुसार कोरोना संक्रमणबाट त्यहाँ १ लाख ५० हजार ४ सय ४७ जनाको मृत्यु भएको हो। अमेरिकामा संक्रमितको संख्या ४४ लाख १४ हजार ८ सय ३४ पुगेको छ। 

फ्लोरिडा र क्यालिफोर्नियामा पनि संक्रमण दर तीब्र छ। क्यालिफोर्नियामा बुधबार १ सय ९७ जनाको मृत्यु भयो भने फ्लोरिडामा २ सय १६ जनाको मृत्यु भएको छ। 

अमेरिकामा कोरोना संक्रमणबाट पहिलो मृत्यु फेब्रुअरीमा भएको थियो भने त्यसको ५४ दिनमा ५० हजार पुगेको थियो भने ३४ दिनपछि १ लाख नाघेको थियो। अर्को ५० हजार थपिएर डेढ लाख पुग्न ६३ दिन लागेको देखिएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने