काठमाडौं - कोरोनाको संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले साउन ३० गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ।
कोरोना समुदायस्तरमा फैलिएको भन्दै भन्दै महानगरपालिकाले साउन १६ राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगर स्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटिको बैठकले आगामी साउन ३० गतेसम्म लकडाउन गर्ने निर्णष्य गरेको महानगरपालिकाले जनाएको छ।
खाद्यान्न, तरकारी तथा फलफूल पसहरु, औषधि पसल, दूध, पानी, ग्याँस/इन्धन, अक्सिजन, वारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम, स्वास्थ्यकर्मी, सञ्चार लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने महानगरपालिकाले जनाएको छ।