काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक चयन गर्न सर्च कमिटि गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टले बिहीबार लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र डा सुरेश तिवारी सदस्य रहेको सर्च कमिटि गठन भएको जानकारी दिए।
बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले गत १७ असारमा राजिनामा दिएका थिए। पोखरेलको राजिनामा असार २५ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको थियो।
राष्ट्रिय बिमा बोर्ड अध्यक्ष खुल्ला प्रतिस्पर्धा हुने ऐनमा व्यवस्था छ। सर्च कमिटिले तीन जनाको नाम सिफासिस गर्ने छ। तीनमध्ये एक जनालाई मन्त्रीपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गर्नेछ।
हाल बोर्डको निमित्त कार्यकारी निर्देशकको भूमिकामा सहसचिव डा राधिका थपलिया छिन्।