काठमाडौं – विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ७५ लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ७५ लाख १६ हजार २ सय ६४ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४५ लाख ५९ हजार ८ पुगेको छ। त्यस्तै ब्राजिलमा २६ लाख ६२ हजार ४ सय ८५,
भारतमा १६ लाख ३८ हजार ८ सय २७ र रुसमा ८ लाख ३८ हजार ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ७८ हजार ६ सय ९५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५३ हजार ३सय ११, ब्राजिलमा ९२ हजार ४ सय ७५, बेलायतमा ४६ हजार २ सय ४ , मेक्सीकोमा ४६ हजार ६ सय ८८ , इटालीमा ३५ हजार १ सय ४१ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड २लाख ६५ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १९ लाख ८८ हजार ८ सय ८९ , अमेरिकामा १४ लाख ३८ हजार १ सय ६०, रुसमा ६ लाख ३७ हजार २ सय १७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १९ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ हजार ३ सय ९९ जना संक्रमणमुक्त भएका छन् भने ५६ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय २७ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३५ हजार ७ सय ४५ पुगेको छ। भारतमा हालसम्म १०लाख ५७ हजार ८ सय ५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ७८ हजार ३ सय ५ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४७ हजार १ सय ७७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय १५ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ३ सय ९१ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ६ सय ६१ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार १सय ११ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३५ हजार १ सय ३६ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ६ सय ७५ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ५ सय ९ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०१ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८८ छ।
माल्दिभ्समा संक्रमितको संख्या ३ हजार ७ सय ९३ रहेको छ। मृत्यु हुनेको संख्या १६ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय ७ पुगेको छ ।