काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ८१ लाख नाघेको छ। मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ८१ लाख ८७ हजार ३ सय ९६ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४७ लाख १२ हजार ३ सय ५ पुगेको छ। त्यस्तै ब्राजिलमा २७ लाख ३३ हजार ६ सय ७७, भारतमा १८ लाख ३ हजार ६ सय ९५ र रुसमा ८ लाख ५४ हजार ६ सय ४१ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ९१ हजार नाघेको छ ।
पछिल्लो तथ्यांक अनुसार ६ लाख ९१ हजार ३ सय ५२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख ५५ हजार ३ सय ७९, ब्राजिलमा ९४ हजार १ सय ४, बेलायतमा ४६ हजार २ सय ९५ , मेक्सीकोमा ४७ हजार ७ सय ४६ , इटालीमा ३५ हजार १ सय ६६ जनाको मृत्यु भएको छ।
विश्वभर एक करोड ८४ लाख १ हजार ४ सय ३६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा २० लाख ९३ हजार ४ सय ५ , अमेरिकामा १५ लाख १३ हजार ४ सय ४६, रुसमा ६ लाख ५२ हजार ३ सय ७२ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि २० हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १४ हजार ९ सय ६१ जना संक्रमणमुक्त भएका छन् भने ५८ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या १८ लाख ३ हजार ६ सय ९५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३८ हजार १ सय ५ पुगेको छ। भारतमा हालसम्म ११ लाख ८६ हजार २ सय ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख ८० हजार २९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ५ हजार ९ सय ८४ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ४८ हजार ८ सय ७३ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ८ सय २८ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या २ हजार ५ सय १७ रहेको छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या २ लाख ४२ हजार १ सय २ पुगेको छ। बंगलादेशमा हालसम्म ३ हजार १ सय ८४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ३७ हजार ९ सय ५ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३६ हजार ७ सय ४७ पुगेको छ। अफगानिस्तानमा १ हजार २ सय ८८ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ६ सय ६९ उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या १०३ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ८९ छ।
माल्दिभ्समा संक्रमितको संख्या ४ हजार २ सय ९३ रहेको छ। मृत्यु हुनेको संख्या १८ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ६ सय ७० पुगेको छ ।