काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ। गत २४ घण्टामा मात्र ३ सय ८१ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा सुनसरीका १, कोशी अस्पताल विराटनगरमा इलामका १, सप्तरीका ३, उदयपुरका १ र मोरङका ७ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा मोरङका ७ र इलामका १, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सर्लाहीका ३ र सप्तरीका ५ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ९, महोत्तरीका १४ र सिरहाका १, नारायणी अस्पताल वीरगञ्जमा बाराका १९, पर्सामा १ सय ४७ र सर्लाहीका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कोरोना पुष्टि हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गोरखाका ३, कपिलवस्तुका ९ र काठमाडौंका २७ जना छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ललितपुरका १, काठमाडौंका १४ र पर्साका २, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा बाराका ८, मकवानपुरका ४ र रौतहटका १ जनामा कोरोना भेटिएको छ।
मन्त्रालयका अनुसार पाटन अस्पताल ललितपुरमा धादिङ र धनुषाका १/१, काठमाडौं, ललितपुर र महोत्तरीका २/२ र सिन्धुपाल्चोकका १, त्रिवि शिक्षण अस्पताल काठमाडौंमा काठमाडौं, बारा र पर्साका १/१ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका ११, स्टार अस्पताल सानेपामा काठमाडौंका १, ललितपुरका २, महोत्तरी, रौतहट र सर्लाहीमा १÷१, बीआईडीएच ल्याबमा काठमाडौंका १ जनामा कोरोना भेटिएको छ।
काठमाडौं मेडिकल कलेजमा धनुषा र सिरहाका १÷१, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा धादिङ, धनुषा, पर्सा, सुनसरीका १÷१ र स्याङजाका ९, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा बागलुङका २, कास्कीका १ र स्याङजाका ८ जनामा कोरोना पाइएको छ।
भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा बाँकेका १३ र दाङका १, सुर्खेत प्रादेशिक अस्पतालमा सुर्खेतका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए।
डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङका ११ गरी गत २४ घण्टामा ३ सय ८१ जना संक्रमित भेटिएका हुन्।
कोरोनाको आंशकामा गत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ४ लाख १२ हजार ९ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ।