विश्व स्वास्थ्य

भारतमा एकै दिन १ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ६२ हजार संक्रमित थपिए

एजेन्सी– भारतमा आइतबार पनि मृत्यु हुनेहरुको संख्या ६२ हजार नाघेको छ। आइतबार २४ घण्टामा ६२ हजार १ सय १७ संक्रमित थपिएका हुन्। 

सबैभन्दा महाराष्ट्रमा १२ हजार २ सय ४८ संक्रमित थपिएका छन् भने ३ सय ९० जनाको मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या ५ लाख १५ हजार ३ सय ३२ पुगेको छ भने १७ हजार ७ सय ५७ जनाको मृत्यु भइसकेको छ। 

यस्तै आन्ध्रप्रदेशमा १० हजार ८ सय २० संक्रमित थपिएका छन् भने थप ९७ जनाको मृत्यु भएको छ। त्यहाँ २ लाख २७ हजार ८ सय ६० जना संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २ हजार ३६ पुगेको छ।

भारतमा कूल संक्रमितको संख्या २१ लाख ५३ हजार १० पुगेको छ भने ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ। आइतबार एकै दिन मृत्यु हुनेको संख्या १ हजार १३ पुगेको छ। हालसम्म १५ लाख ३४ हजार २ सय ७८ जना निको भएका छन्। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने