विश्व आतंकित भएको क्षण
आफ्नाले आफ्नैलाई त्यागी रहेको पल
कोरोनाले त्रसित सारा मानव जाती
अचल भएको त्यो समय
अनि कहिले बन्द नहुने,
भगवानको दलिन स्वयम बन्द भएको बेला!
हातमा आशामयी दियो बोकेर
धैर्यता र अदम्य साहसको कवच भिरेर
सात्क्षात देवीको स्वरूप
युद्धभुमीमा लडिरहेकी थिइन् एक योद्धा!
सेतो पोशाकमा सजिएर
शान्त,शालिन अनि स्वच्छ मन कि धनि
सबैलाई आफ्ना ठानी
अहोरात्र सेवा खटिरहेकि थिइन्
सेवा नै त धर्म हो भनि!
डर र कौतुहलताले छटपटिएकालाई
बाबा झै सान्तवना दिदै
अथाह पीडामा तड्पिएकालाई आमाले झै
नि:स्वार्थ माया र हेरचाह गर्दै
दाजुभाईले झै रक्षा
अनि दिदिबहिनीले झै साथ र सहयोग दिदै!
आफ्नै सामु कसैको संसार उजाडिएको देख्दा
पिडाको बाध भत्केको देख्दा
आशाको दियो निभेको देख्दा
त कसैको साहाराको लाठि भाँचिएको देख्दा!
उनको पनि त मन गाँठो पर्दो हो
तर पनि सम्हाल्छिन आफुलाई
दबाउछिन आफ्ना भावनाहरू
अनि थमाउछिन आँखाबाट
बर्षिन लागेका आशुका डिक्काहरू!
अनि केहि पलमै सामेल भइदिन्छिन्
अर्को बिरामीको खुशीमा
वास्तविक जीवनको परिभाषा
त तिमीले बुझेकी रहेछौ
त्यसैले त खुशीका किरणहरू छर्दै
सेवाको भाव सगै जिवन जिउन सिकाउछौ!
स्वयम् खतराको जन्जिरमा घेरिएर
अरूको जिवन बचाइ दिन्छौ
आफ्ना पीडाहरू लुकाएर
अरूको चोटमा मलहम लगाइ दिन्छौ
आफन्त देखि टाडा आफ्ना खुशीको गला रेटेर
अरूको जीवनमा खुशी फर्काउइ दिन्छौ!
सारा संसार स्वप्निल निन्द्रमा लठ्ठ हुदा
लठ्ठिएका तिम्रा आखाले मुस्कुराउदै
बिदा मागेको बिरामी कल्पिरहेको हुन्छ
थकित शरीर आराम गर्नै लाग्दा
मुटु रोगी बाको थकित हृदयले
कतै विश्राम लिने होकि भनेर झस्किरहेको हुन्छ!
प्रसवको दर्दनाक पीडामा
तडिपिएकि महिलालाई
औशीको कालो बादल पछि आउने
पूर्णिमाको जुन हातैमा थमाइ दिन्छौ
पहिलो घुट्को अमृत पिलाएर
शिशुमा प्राण भरिदिन्छौ!
आफु पलपल जलिरहेकि हुन्छौ
जसरी एउटा दियोमा बाति जलिरहन्छ
तिमी जलेको कसैले देख्दैन
तर पनि तिमी आफ्ना बिरामीको
हसिलो मुहार हेरेरै मुस्कुराइ रहेकि हुन्छौ
अनि तिनै बिरामीमा आएका सुधारलाई नै
आफ्नो दिनहुको इनाम मानिरहेकि हुन्छौ!