जुम्ला- जुम्लाको सिँजा क्षेत्रको एक स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु भएको छ। कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिँजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्सरे सञ्चालनमा आएको छ।
स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको स्वास्थ्यचौकी इन्चार्ज बीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए। यहाँका महिला गर्भजाँच गराउन लामो दुरी भएपछि कर्णाली अस्पताल सम्म पुग्न सक्दैनन,' उनले भने,‘अब गाउँमै गर्भजाँच हुनेभएपछि निकै सहज बन्यो।’
गाउँ घर नजिकैका स्वास्थ्य संस्थामा भिडियो एक्सरे जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन भएपछि स्थानीय निकै खुशी छन्। यो सेवाले मातृ मृत्युदर शून्यमा ल्याउने अपेक्षा गरिएको छ।
स्वास्थ्य संस्थामा ल्याब सेवा, पोषण सुधार केन्द्र, गर्भवती सेवा, अल्ट्रा साउण्ड, आइसोलेसन कक्ष, अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको जनाएको छ ।