काठमाडौं - मनसुन सक्रिय भएसँगै जारी अविरल वर्षाका कारण देशका ३३ जिल्लामा बाढी आएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार विगत २ दिनको अवधिमा ३३ जिल्लाका ९९ ठाउँमा बाढी तथा पहिरो आएको हो।
बाढीका कारण पछिल्लो २४ घण्टामा मात्रै देशभर ४ जनाको मृत्यु भएको छ। सोमबारयताको तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ।
बाढीले बगाउँदा सोमबार बाजुरामा २ जना तथा मंगलबार गोरखामा १ जनाको मृत्यु भएको थियो। यस्तै, मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। यस्तै, डोटी, कास्की र पाल्पा जिल्लामा १–१ गरी बुधबार ३ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
बाढी र वर्षाका कारण बुधबारसम्म १४ जना बेपत्ता भएको विवरण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। सिन्धुपाल्चोकको बाढीमा बगेर ७ जना बेपत्ता भएका छन् भने जाजरकोटमा ७ जना बेपत्ता भएका छन्। जाजरकोटको कुशे गाउँपालिका–८ मा गोठालो गएका ७ जना बेपत्ता भएका हुन्।
प्रहरी प्रधान कार्यालयले बाढीमा फसेका ६९ जनाको उद्दार गरिएको जानकारी दिएको छ। सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङ्जामा १ जनाको उद्दार गरिएको हो।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा तत्कालै उद्दार गरेर घाइतेलाई आवश्यक उपचार सेवा दिइन्छ। स्थानीय स्तरमा सम्भव उपचार त्यही दिइन्छ भने थप उपचार आवश्यक परे नजिकै रहेका ठूला अस्पताल तथा काठमाडौंमा समेत लगिन्छ।
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/uddhar.jpg)
यसका अलावा बाढी तथा पहिरो प्रभावित क्षेत्रमा डुबान र पहिरोका कारण खानेपानीको मुहानमा असर गर्नेदेखि अन्य समस्या निम्तिने हुँदा स्वास्थ्यमा थप असर पनि देखिने गर्छ। यस्तो समयमा ती क्षेत्रमा कसरी स्वास्थ्य सेवा प्रदान गरिन्छ त?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार प्रभावित क्षेत्रमा सुरुवातको अवस्थामा स्थानीय स्तरमा रहेका स्वास्थ्य संस्थाले नै आवश्यक सेवा दिने गर्दछन्। त्यसपछि प्रभावित जिल्ला अन्तर्गत रहेको र्यापिड रेस्पोन्स टिम र प्रदेश सरकारले नै व्यवस्थापनको काम गर्दछन्। उनले प्रभावित क्षेत्रमा आवश्यक परेमा केन्द्रबाट पनि स्वास्थ्यकर्मीको टोली खटाइने जानकारी दिए।
बाढी पहिरो प्रभावित क्षेत्रमा आवश्यक परे स्वास्थ्यकर्मीको टोली खटाउन तयारी अवस्थामा राखिएको पनि उनले बताए।
‘हाल जिल्ला अन्तर्गत रहेको र्यापिड रेस्पोन्स टिम र प्रदेश सरकारले नै व्यवस्थापन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले महाशाखाबाट प्रभावित क्षेत्रको अवस्था बुझ्ने र तथ्यांक संकलन गर्ने काम भइरहेको छ।’
उनले प्रभावित क्षेत्रको क्षति र त्यहाँ आवश्यक पर्न सक्ने स्वास्थ्य सेवाको आवश्यक जानकारी र विवरण अनुसार केन्द्रबाट थप टोली खटिने जानकारी दिए।
उनले भने, ‘पहिला त्यहाँको स्थानीय सरकारले नै व्यवस्थापनको काम गर्छ। यदी जिल्ला र प्रदेशले केन्द्रको आवश्यकता महसुस गरे हामीले पनि टोली खटाउने हो। हामीले पनि यहाँ टोलीहरु तयारी अवस्थामा राखेका हुन्छौ। तर अहिलेसम्म त्यस्तो केही आएको छैन।’
स्थानीय र प्रादेशिक सरकारले कुनै सामग्री या जनशक्तिको माग गरे उनीहरुको आवश्यकता अनुसार पठाइने उनले बताए।
अहिले कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा नै बाढी र पहिरोको समस्या आएकाले थप चुनौती थपिएको उनले जानकारी दिए। प्रभावित क्षेत्रमा मानिसहरुको भीडभाड बढे कोभिड संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।
‘कोरोनासँगै झाडापखाला, आउ, हैजा लगायत पानीजन्य रोगको फैलन सक्ने खतरा बढेको छ,’ उनले भने, ‘मानिसहरुको भीडभाड बढे कोभिड संक्रमणको जोखिम पनि बढ्न सक्छ। पानीका मुहान दूषित हुने भएकाले पानीजन्य रोग फैलन सक्ने भएकाले सचेत रहन हाम्रो आग्रह छ।’
बाढीको बितण्डापछिको मेलम्ची हेरौं तस्बिरमा
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi1.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi2.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi3.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi4.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi5.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi6.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi7.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi8.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/melamchi%20badi9.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-06-08/vaccine%20line/melamchi/uddhar1.jpg)