स्वस्थ व्यक्तिहरुमा आफ्नो आइडिएल तौल कति हुनुपर्छ भन्ने जिज्ञासा सबैमा हुनसक्छ। तर व्यक्तिको तौल यति नै हुनुपर्ने भन्ने हुँदैन। यो धेरै कुराहरु जस्तैः व्यक्तिको उमेर, उचाई, लिंग, शरीरको बनावट, मांसपेशी र बोसोका मात्रा आदि कुराहरुमा भर पर्छ।
तौल धेरै वा थोरै हुनु भनेको कुनै रोगको कारक वा संकेत हुनसक्छ।
तौल धेरै हुनु वा थोरै हुनु थाइराइड, आमाशय (प्यांक्रियाज) वा अरु कुनै इन्डोक्राइन ग्रन्थीको समस्याले हुनसक्छ।
तौल धेरै भयो भने मधुमेह, उच्च रक्तचाप, स्ट्रोक, हृदयघात आदि रोग हुने सम्भावना धेरै हुन्छ।
त्यस्तै तौल कम हुनुले भिटामीनहरुको कमी, हड्डिमा कमजोरी, रक्तअल्पता, रोगसँग लड्ने क्षमतामा कमी, शारीरिक विकासमा कमी आदि समस्याहरु देखिन सक्छ।
निम्नि लिखित तरीकाहरुबाट आफ्नो शरीरको आइडिएल तौल थाहा पाउन सकिन्छ ।
१. बडीमास इन्डेक्स (बिएमआइ)
यो सामान्यतया प्रयोगमा आउने विधि हो । यसले व्यक्तिको उचाइको आधारमा तौलको मापन गर्दछ। बिएमआई निकाल्ने उपाय भनेको शरीरको तौललाई उक्त व्यक्तिको उचाई (मिटरमा)को दुई गुणाले भाग गर्ने हो। अर्थात बिएमआई = तौल केजी÷उचाई मिटर स्क्वाएर। (BMI = kg/m2) बिएमआइ = तौल किलोग्रामलाई उचाई (मिटरमा)को स्क्वाएरले भागा गर्ने।
विश्व स्वास्थ्य संगठनका अनुसार बिएमआइ १८.५ देखि २४.९ सम्म रहेकालाई स्वस्थ। १८.५ भन्दा तल भएमा तौलमा कमी। बिएमआइ १६ भन्दा तल भएमा तौलमा धेरै नै कमी भएको अवस्था हो।
यस्तै बिएमआइ २५ देखि ३० सम्म भएमा मोटो, ३० देखि ३५ सम्म मध्यम मोटो र ३५ देखि ४० सम्म भएमा धेरै नै मोटो अवस्था हो।
तर दक्षिणपूर्वी एसियाली मुलुकहरुमा बिएमआई २२ दशमलब ९ सम्मलाई मात्र स्वस्थमा राखिन्छ।
बिएमआइले व्यक्तिको उचाईको आधारमा मात्र तौलको मापन गर्दछ। यसले व्यक्तिको कम्मर अथवा हिपको मापन, शरीरमा मांसपेशी र बोसोको मात्रा आदी कुराहरुलाई महत्व दिँदैन। त्यसैले मानिसले यो विधिको प्रयोगबाट मात्र आफ्नो तौल ठिक छ वा छैन भन्ने निर्णय गर्नु हुदैन।
२. कम्मर र हिपको अनुपात
यस विधिमा कम्मर र हिपको मापन लिने, तिनको अनुपात निकाल्ने र त्यसको आधारमा स्वास्थ्य स्थितिको जानकारी लिने गरिन्छ। धेरै अध्ययनहरुमा के देखिएको छ भने जुन मानिसको शरीरको बिच भागमा धेरै बोसो जम्मा भएको हुन्छ। तिनीहरुमा मुटु, रक्तनलीमा समस्या देखिने सम्भावना धेरै हुन्छ।
यसमा आफ्नो कम्मरको सबैभन्दा सानो भाग नाप्ने अनि हिपको सबैभन्दा ठूलो भाग नाप्ने र त्यसको अनुपात निकाल्ने।
पुरुष < ०.९ कम जोखिम, ०.९–०.९९ मध्यम जोखिम > १ धेरै जोखिम
महिला < ०.८ कम जोखिम, ०.८–०.८९ मध्यम जोखिम, >०.९ धेरै जोखिम
३. कम्मर र उचाईको अनुपात
कम्मरको सबैभन्दा सानो भागको मापन गर्ने र व्यक्तिको उचाईको अनुपात निकाल्ने। यदी अनुपात ०.४ वा कम छ भने व्यक्ति स्वस्थ मानिन्छ। यदी ०.५ भन्दा धेरै भएमा व्यक्तिमा मोटोपना भएको बुझिन्छ।
उदाहरणका लागि
उचाई ५ फिट ४ इन्च = १६२.५ सिएम
कम्मर ३३ इन्च = ८८ सिएम
अनुपात ४/१६२.५ = ०.५१ > ०.५
यस व्यक्तिमा मोटोपना भएको जानकारी दिन्छ।
४. शरीरमा बोसोको मात्र
सामान्यतया स्वास्थ्यकर्मीले व्यक्तिको थाई, पेट, छाती (पुरुष) पाखुरा (महिला) मा एक किसिमको औजार प्रयोग गरेर छाला र त्यस मुनिको बासोलाई च्यापेर शरीरमा बोसोको मात्राको मापद गर्दछ।
पुरुष
स्वस्थ्य १४–१७ प्रतिशत
सन्तोषजनक १८–२५ प्रतिशत
मोटो २६–३७ प्रतिशत
धेरै मोटो >३८ प्रतिशत
महिला
स्वास्थ्य २१–२४ प्रतिशत
सन्तोषजनक २५–३१ प्रतिशत
मोटो ३२–४१ प्रतिशत
धेरै मोटो >४२ प्रतिशत
५. ब्रोका इन्डेक्स
यो सबैभन्दा सजिलो तरिका हो। यसमा व्यक्तिको उचाइलाई १०० अंकले घटाउने र आउने अंक भनेको त्यस व्यक्तिको स्वस्थ तौलको माथिल्लो दायरा निर्धारण गर्दछ। यदि कसैको तौल त्यो अंकभन्दा धेरै छ भने त्यस व्यक्तिमा मोटोपना छ भन्ने बझिन्छ।
उदाहरण
उचाई ५ फिट ४ इन्च = १६२.५ सिएम
१६२.५ - १०० = ६२.५
६२.५ सम्मको तौल = स्वस्थ
> ६२.५ मोटोपना
-(फिजिसियन डा खड्का नेसनल कार्डियो सेन्टर बसुन्धारामा कार्यरत छन्)