क्यान्सर एक प्राणघातक रोग हो। क्यान्सर शरीरका विभिन्न अंगहरुमा लाग्ने गर्छ। जसमध्ये छालामा हुने क्यान्सर पनि एक हो। छालामा विशेष गरी तीन किसिमको क्यान्सर हुने गर्छ। जसलाई विभिन्न विधिद्धारा पत्ता लगाउन सकिन्छ।
१. बेसल सेल क्यान्सर यो नेपालमा सबैभन्दा धेरै देखिने छालाको क्यान्सर हो। यसमा घामका विकिरण बढी पर्ने ठाउँहरु जस्तैः अनुहार, पाखुरा र छातीमा रातो, कालो रंगको गिर्खा अथवा मोति जस्तै चम्किलो, रगतको नली भएको गिर्खा आउने, घाउ भइरहने, रगत बग्ने, दाग बस्ने, कत्ला निस्किरहने र आकार बढ्दै जाने हुन्छ। उपचार गर्दा ती गिर्खा, घाउ र दागहरु ठिक हुँदैनन्।
२. सक्यमस सेल क्यान्सर M अनुहार, ओठ, कान, हात तथा खुट्टामा घामका विकिरण बढी पर्ने स्थानहरुमा दुख्ने, पोल्ने, कत्ला र पाप्रा भएका घाउहरु आउने, मुसा जस्ता खस्र गिर्खा आउने र बढेर शरीरका अंगहरुलाई विच्छेदन गर्दै लैजाने हुन्छ। पोलेको तथा लामो समयसम्म घाउँ भएका ठाउँमा खाल्डो भएका निको नहुने ठुला घाउँ आउने हुन्छन।
३ मेलानोमा मेलानोमा शरीरको कुनै पनि भागमा आउन सक्छ। माथि उल्लेखित घामका विकिरण नपर्ने ठाउँमा पनि मेलानोमा आउन सक्ने हुँदा र धेरै फैलिएर मस्तिष्क, आँखा र फोक्सोमा गइ ज्यान नै जोखिममा पर्ने हुन्छ। त्यसैले यो क्यान्सरको समयमै पत्ता लगाउन आवश्यक छ। कोठी जस्ता देखिने दागहरुका आकार प्रकार परिवर्तन हुँदै गएमा, कोठी का वरिपरिका सिमा अनियमित देखिएमा, एउटै कोठीको रंगमा पनि भिन्नता देखिएमा, कोठी बढ्दै गएमा, कोठीबाट रगत बगेमा या चिलाउने पोल्ने दुख्ने भएमा चिकित्सकको परामर्श लिनुपर्छ। हत्केला, पैताला र नङ्गमा पनि कालो दागहरुका रुपमा मेलानोमा देखा पर्ने हुँदा हामी सबै सचेत हुनुपर्छ।
स्किन क्यान्सर पत्ता लगाउने चार विधिः
१. शरीरमा शंकास्पद दागहरु छन् कि भनेर जाँच गर्नेस् शरीरलाई तल देखि माथिसम्म, अगाडी(पछाडी, दाँया / बाँया सबै तिर ठुलो ऐनामा हेर्ने।
२. खुट्टाको पछाडी पट्टि भागमा, पैतालामा, औँलाको बिचमा आफैँले बेला बेलामा हेर्ने र लामो समयसम्म घाउँ भइरहे, कालो दाग आए, कालो दाग बढ्दै गए, कालो दागमा चिलाउने, रगत बग्ने भएमा र घाउँ अथवा दाग फैलिदै गएमा तुरुन्त चिकित्सक को परामर्श लिने ।
३. ऐनाले घाटीको पछाडी पट्टिको भाग, तालु र ढाडमा बेला–बेला आफैँले छाम्ने, आकार प्रकार याद गरिराख्ने र समयसंगै घाउँ र दागहरुको आकार परिवर्तन भएमा चिकित्सकको सल्लाह लिने ।
४. परिवारमा स्किन क्यान्सर भएमा अथवा पहिला आफैँलाई स्किन क्यान्सर भएमा फेरी पनि सोही ठाउँमा अथवा अरु ठाउँमा क्यान्सर आउने सम्भावना हुने हुँदा बेला–बेलामा छाला रोग विशेषज्ञकोमा छाला परीक्षण गर्ने।
छाला क्यान्सर उपचारका पाँच विधि
१. छालाका क्यान्सरलाई सकेसम्म छिटो पत्ता लगाई फैलन नदिइ उपचार गरेमा क्यान्सरलाई निर्मुल पर्न सकिन्छ।
२. क्यान्सर भएको छालालाई मार्जिन लिएर निकालेर फाल्ने र बायोपसीको लागि पठाउने ।
३. चिसो, लेज़र अथवा रेडीयसनले सेकाएर हटाउने।
४ क्यान्सरका निम्ति बनाइएका एन्टीक्यान्सर खाने र लगाउने औषधि प्रयोग गर्ने।
५ घामबाट बच्ने र नियमित आफ्नो छालाको जाँच गर्ने र शंकास्पद जस्ता देखिने दागहरुका लागि नजिकैको छाला रोग विशेषज्ञसँग परामर्श लिने।
( डा प्रज्वल पुडासैनी, निजामति कर्मचारी अस्पतालमा छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञका रुपमा कार्यरत छन्।)