काठमाडौं- लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ। आयोगले सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो। लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ।
आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।
हेरौं सूचना
पूरा सूचना हेर्न यहाँ क्लिक गरौं [सूचना]