परिस्थिति १
सात कक्षामा पढ्दै थिएँ.. हिंउदे बिदामा एक दिन ठूली आमाले भन्नु भयो.. ओकेश कि आमालाई भेटेकि थिएँ, ओकेशलाई साईकल किन्दिएकी छन् रे..अनिल पनि साईकल चलाउने भए पठाइदिन भनेकी छन..जान्छस त? (ओकेशको असली नाम योगेश ..संगै पढ्ने साथी, बुवा ब्रूनाइको लाहुरे..मेरो संगत गर्यो भने छोराले पनि राम्रो पढ्ला भनेर उसकी आमाले मलाई बेला बेलामा कपडा,पैसा पनि दिने गर्नुहुन्थ्यो र स्कुल बिदा हुँदा म उसको घरै गएर उसलाई पढाइमा सहयोग पनि गर्थें) २ दिन लगातार उसको घर गएर साइकलमा कैचि हान्न सिकेको थिएँ। बिदा सकिएर होस्टेल फर्कियौं। एक दिन योगेशले अर्को साथीसँग भनेको कुरो सुनें "लोभि बाहुन, टपरे। कहाँबाट त्यसकी ठुलाआमाले मैले साइकल किनेको थाहा पाइछन्..र उसलाई सुनाइछन्, दौडेर आइहालेको मेरो घरमा.." त्यो दिन देखि जिन्दगीमा कहिल्यै साईकल चढिएन...चलाउन पनि जानिएन।
परिस्थिति २
एमबिबिएस सकिएर पोखरा मणिपाल अस्पतालमा हाउस अफिसरको काम गर्थ्यौं। एक दिन मिल्ने र मलाई माया गर्ने साथी जोडि Shreebatsan Dixa (उनीहरूको पछि बिहे पनि भयो, अहिले सपरिवार अमेरिकामा छन्) ले "अनिल आउ हाम्रो बाईक छ, अब तिमि पनि बाईक सिक, हामी सिकाउछौं" भने । मणिपालको सानो खेल मैदानमा दुई तीन दिन ठिकै बाइक चलाएपछि एक दिन सडकमै चलाउने भनेर, भलाम जाने बाटोमा लिएर गयौं। एउटा मोडमा म बाइकबाट लडें, अलि अलि घुँडामा चोट लाग्यो, बाइकमा पनि सामान्य चोट त थियो क्यारे। श्रीवत्सले केहि छैन, अब भोलि फेरि ऑउला भन्या त थिए तर मलाई यस्तो गिल्टी फिल भयो कि त्यो दिन देखि बाइक सिकेर एक्लै चलॉउछु भन्ने ऑट कहिल्यै आएन।
परिस्थिति ३
डिएम सकियो। अब त गाडी सिक्न पर्यो । काठमाडौमा साधन नभई पनि हुदैन भनेर एउटा राम्रो ड्राईभिङ सिक्ने ठाँउ खोज्ने निर्णय गरियो। श्रीमतिले आफूलाई सिकाउने गुरू एकदम राम्रो भनेर रिकमेन्ड गरेपछि त्यहि केन्द्रमा गईयो। मुख्य प्रशिक्षक कुनै घरायसी काममा व्यस्त भएकोले अर्को भाइले सिकाउने भए। बिहान उठेर जान्थें, दिन दिनै केहि गल्ति हुने बित्तिकै भाइले बुढेशकालमा सिक्न आएसी यस्तै त हो नि भन्दै होच्याँउथे। दुई हप्ता गएपछि एकदिन गुह्येश्वरी पारी उकालोमा गाडीको स्टार्ट बन्द भयो..भाइले एकदम नराम्रो शब्द निकाले मुखबाट। उनलाई म को हो थाह थिएन, उनको परिवेशमा त्यो बोलाई सहज पनि थियो तर आफूलाई चाँहि सारै नमजा लाग्यो। पछि मुख्य गुरू आएपछि २/४ दिन आउनुस अनि लाइसेन्सको लागि लाग्नुपर्छ पनि भनेका थिए, तर आफूलाई चाँहि अब ड्राईभिङ गरेर मैले काठमाडौंमा खान सक्छु भन्ने ऑट नै आएन...... र यसरी जिन्दगीमा कुनै साधन आफैंले चलाउने रहर त्यै मरेर गए। जिन्दगी निर्वाह त जेनतेन चलेकै छ..अरू कुरा तपशील बने....।