अनुशासन जीवन जीउनका लागि चाहिने महत्वपूर्ण पक्ष हो। अनुशासित जीवन जीउनका लागि बालबालिकाहरुलाई सानै उमेरदेखि उत्प्रेरित गरिनुपर्दछ। यसमा अभिभावकको सबैभन्दा महत्वपूर्ण भूमिका हुन्छ। अनुशासन कसैको बलमा भन्दा पनि मनबाट हुने कुरा हुन्।
बालबालिकालाई अनुशासन सिकाउने क्रममा अभिभावकहरुले केही गल्तीहरु गरिरहेका हुन्छन्। उनीहरुको जीवनशैलीको हिस्सा बनाउने सोचमा त्यसलाई झन् बोझिलो बनाईदिन्छन्। जसका कारण बालबालिकाहरु एक किसिमको तनावमा पर्छन्। कडा अनुशासन सिकाउने क्रममा अभिभावकहरुले गर्ने गल्तीहरु:
जोडले बोल्नु
यो अधिकांश घरमा देखिने समस्याहरुमध्ये एक हुन्। जब बालबालिकाहरुले अभिभावकको कुरा सुन्दैनन्, तब उनीहरु जोडले बोल्ने, कराउने गर्छन्। यसो गर्दा त्यो बेला बालबालिकाले अभिभावकले भनेका कुरा मानेपछि यसले उनीहरुको व्यवहारमा नकारात्मक परिवर्तन ल्याउने गर्छ। सामान्यतया केही समयपछि बालबालिकाहरु रिसाह र जिद्दी हुन जान्छ।
तुलना गर्नु
कयौँ पटक अभिभावकहरुले आफ्नो बालबालिकालाई अन्यसँग तुलना गरिरहेका हुन्छन्। तर कहिल्यै पनि आफ्नो बालबालिकाको तुलना अन्यसँग गर्नु हुँदैन। किनभने हरेक बालबालिकाहरुको आफ्नै क्षमता हुन्छ। तुलना गर्दा उनीहरुमा भावनात्मक चोट पर्न जान्छ।
जबरजस्ती थोपर्नु
जीवनमा अनुशासनको आफ्नै महत्व छ। तर यो कोही माथि थोपर्न सकिदैन। यो मनबाट अनुभव गरेर हुने कुरा हुन्। जबरजस्ती कुनै पनि कुरा बालबालिका माथि जोडबल गर्दा उनीहरुमा यसको लाभ हुनुको साटो नकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले उनीहरुलाई अनुशासित जीवन जीउन उत्प्रेरित गर्नुपर्छ। जोडबल गर्नु हुँदैन।
गलत शब्दको प्रयोग
बालबालिकाको अगाडी कुनै पनि गलत शब्दको प्रयोग गर्नु हुँदैन। कुनै बेला अभिभावकहरुले रिस आवेगका बेला बालबालिका माथि गलत शब्दको प्रयोग गर्छन्। यसले उनीहरुको वृद्धि विकासमा असर पुग्छ। अभिभावकले गलत शब्दको प्रयोग गर्दा उनीहरुको आत्मविश्वासमा पनि कमी आउँछ।
गलत उदाहरण
यो गल्ती धेरैजसो अभिभावकहरुले गरिरहन्छन्। उनीहरु बालबालिकालाई रातको समयमा मोबाइल फोन या टिभिको प्रयोग नगर्न भनीरहेका हुन्छन्। तर अभिभावकले नै बालबालिकाको अगाडी मोबाइल चलाउने र टिभी हेर्ने गर्छन्। यसले गर्दा उनीहरुमा गलत उदाहरण बन्न सक्छ। यदी बालबालिकालाई अनुशासनमा रहन सिकाउने हो भने पहिले अभिभावक आफैँ अनुशासित हुन आवश्यक छ। अभिभावक आफैँ अनुशासित भए बालबालिकाहरु पनि त्यसबाट प्रभावित हुन सक्छन्।
(हर जिन्दगीबाट)