काठमाडौं- कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आइतबार पनि ओपिडी सेवा संचालन हुने भएको छ।
सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।
'२ दिन बिदा दिँदा कर्णाली प्रदेशका बिकट जिल्लाहरुबाट स्वास्थ्य सेवा लिन आउने गरिव निमुखा बिरामीहरुलाई थप आर्थिक भार पर्नुका साथै समयमानै सेवा लिन कठिनाई हुने भएकोले बिरामीको समस्यालाई मध्ये नजर गर्दै प्रत्येक आइतबार ओपिडी लगायत अन्य स्वास्थ्य सेवा बिहान ९ :०० बजेदेखि अपरान्ह ४ :०० बजेसम्म यथावत रुपमा संचालन गर्नेछौ।' अस्पतालका प्रवक्ता डा विकास केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।