कुनै पनि स्वस्थ व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ। कुनै पनि कारणबाट शरीरमा चाहिने मात्रा भन्दा धेरै कम अथवा ७ ग्राम प्रतिशत भन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ। निम्न विभिन्न अवस्थामा बिरामीहरुलाई रगत दिनुपर्ने हुनसक्छ।
जस्तैः एक्सिडेन्टबाट अत्याधिक रतmस्राब भएमा, डेलिभरीको समयमा, सर्जरीको समयमा क्यान्सर रोगीलाई, सिकलसेल एनिमीया, थेलेस्मीया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्याधिक रक्तश्राव भएमा।
संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविस्कार भएपनि कृतिम रगत भने बनाउन सकिएको छैन। कुनै पनि व्यक्तिलाई रगत दिनुप¥यो भने मानवीय रगत नै चाहिन्छ। त्यसैले रक्तदानको महत्वपूर्ण भूमिका रहेको छ। हरेक वर्ष विश्वभरका करोडौं मानिसहरुलाई रक्तदाताबाट प्राप्त रगत दिएर बचाउने गरिएको छ। एक पाउण्ड रगतले करिब ३ जना मानिसको जिवन बचाउन सकिन्छ। प्राचिन समयमा पनि एक व्यक्तिको रगत अर्को व्यक्तिलाई दिने प्रचलन भने चलिआएको थियो। तर, समूह नमिल्दा धेरै मानिसहरुको ज्यान जाने गर्दथ्यो।
सन् १९०१ मा कार्ल ल्याण्डस्टाइनर ले अनेक खोजपछि ब्लड ग्रुप पत्ता लगाउनु भयो। त्यस समयबाट रगत दिने प्रक्रिया सहज भएर गयो। विश्वविख्यात नोवेल पुरस्कार विजेता उनै ल्याण्ड स्टाइनरको जन्म दिवस १८६८ जुन १४ मा पर्छ। तिनै महामानवको जन्म दिवसमा विश्व स्वास्थ्य संगठनले सन् २००४ बाट विश्व रक्तदाता दिवस मनाउने गरेको छ। आज विश्वका लाखौं मानिसहरु गर्वकासाथ रक्तदान गर्न आतुर हुन्छन् र अरुलाई पनि रक्तदान गर्न हौसला बढाइरहेका हुन्छन्।
कस्ता मानिसहरुले रक्तदान गर्न सक्छन ?
– शरीरको रक्तचाप सामान्य अवस्थामा रहेका व्यक्तिले,
– १८ वर्षदेखि ६५ बर्षसम्मका स्त्री तथा पुरुषले,
– ४५ किलोग्रामभन्दा बढी तौल भएका व्यक्तिले,
– कुनै पनि सरुवा रोगहरु जस्तैःएचआईभी, हेपाटाइटिस् बि, हेपाटाइटिस सि, सिफलिस, मलेरिया रोग रगतबाट सरुवा हुने अन्य रोगहरु नभएका स्वास्थ्य मानिसहरु
कस्तो अवस्थामा रक्तदान गर्न मिल्दैन ?
–दीर्घकालीन रुपमा औषधि सेवन गरिरहने व्यक्तिहरु,
– क्यान्सर रोग लागेर उपचार गरिरहेका व्यक्तिहरु,
– महिनावरी भएको समयमा,
– ज्वरो, डाइरीया वा अन्य सरुवा रोगहरुले सताएको अवस्थामा,
– बच्चालाई दूध चुसाउने महिला,
– गर्भवती महिला,
– रगतको कमी भएका व्यक्तिहरु,
– मुटुरोग भएका आदि।
रक्तदान गर्न जानुभन्दा अघि र दान गरिसकेपछि के के कुरामा ध्यान दिने?
–रक्तदान गर्नुभन्दा अघि केही हल्का झोलियो खाना खाने,
–रक्तदान गर्नुभन्दा २४ घण्टा अघि र पछि रक्सी वा नशालु पदार्थ सेवन नगर्ने,
– रक्तदान गरिसकेपछि झोलिलो शक्ति दिने र संतुलित भोजन प्रयोग गर्ने ।
–रक्तदान गरेको ४÷५ घण्टासम्म वजनदार भारी नबोक्ने, धेरै दौडधुप नगर्ने,
रक्तदानसम्बन्धि परम्परागत सोच तथा गलत धारणाहरु
– रक्तदान गर्दा कमजोरी हुन्छ,
– दाँत हलिन्छ र छिटो झर्छ,
– शरीरको प्रतिरोधात्मक शक्ति घटेर धेरै रोगहरुले सताउँछ,
– शरीरको रक्तचाप अस्थिर हुन्छ,
– धेरै दिनसम्म आराम चाहिन्छ,
– रोगहरु सर्छ ,
– दुखाई धेरै हुन्छ,
– रक्तदान गरेको हात पछि गएर सुक्छ,
– केस झर्छ,
– आँखा कमजोर हुन्छ इत्यादि।
रक्तदान गर्दाका फाइदाहरु
– नामबाटै प्रष्ट हुन्छ कि दान गर्नु हाम्रो संस्कार अनुसार एकदमै महत्वपूर्ण र भलो कामकोरुपमा चित्रण गरिन्छ। संसारमा भएका प्रायः सबै धर्मशास्त्रहरुमा पनि दानलाई पहिलो स्थान दिएको पाइन्छ। पूरानो समयमा हाम्रा अग्रजहरु दान गर्नु भन्दा अगाडि निराहार वर्त बसी स्नान गरेर मात्र दान गर्ने प्रचलन थियो। यसले दान गर्ने दातालाई बडो आनन्द आउँथ्यो भने घरका साना नानीहरुमासमेत सेवा गर्ने भाव जागृत हुन्थ्यो। रक्तदानले त झन् मानिसको ज्यान नै बचाउने भएको हँुदा यसका फाइदाहरु यहाँ अक्षरले वर्णन गेरर नै सकिदैन। घरमा भएका साना नानीबाबुहरुमा समेत सेवाभाव जागेर आउने साथै कसेैले नँया जिबन पाउने भएको हुँदा रक्तदानलाई महादान पनि भन्ने गरिन्छ। यसमा रक्तदाताको कुनै खर्चसमेत नलाग्ने हुँदा धनी गरिब सबैको पहुँचमा छ रक्तदान।
–शरीरमा स्फुर्ति ल्याउँछ।
– शरीर र मनमा भएको सकरात्मक असर र आत्मसन्तुष्टिले मन प्रफुलित रहनुका साथै रोगसँग लड्ने क्षमताको विकास हुन्छ।
– मुटु स्वस्थ रहनुका साथै शरीरमा आइरन तथा राता रक्तकोषिकाको मात्रा सन्तुलित गर्दछ।
– शरीरको तौल संतुलित गर्छ।
– लिभर क्यान्सरको जोखिम कम गर्छ।
– रक्तचापलाई संतुलित राख्न सहयोग गर्छ।
– हड्डीको घनत्व बढाएर हड्डी तथा जोर्नीहरुलाई दह्रो बनाउँछ।
– रगतमा भएको ज्यादा कोलेस्ट्रोल र अनावश्यक बोसोको मात्रालाई कम गर्छ।
– रक्त संचारको बृद्धि भई शरीरका सबै अंगहरुमा सकरात्मक असर पर्छ।
– रक्तदानबाट शरीरको रंग, जात, धर्म, लिङ्ग, वर्ग, क्षेत्र आदिको विभेद अन्त्य गर्न सहयोग गर्दछ। किनकी दान रगत जसको जसलाई पनि जरुरी हुनसक्छ।
अन्त्यमा मानव जिवनमा निश्चित समयमा रगत बन्ने र विग्रने प्रक्रिया चलिनैरहन्छ। यसलाई साँचेर राखेता पनि त्यो आफैं विग्रेर जाने हुन्छ। रक्तदान गरी जिवन बचाउनु संसारकै पुन्य काम भएको हुँदा रक्तदातालाई विभिन्न संघसंस्थाहरुले सम्मान गर्ने संस्कार बसाउनु जरुरी छ। आज पनि विश्वमा रगतको चरम अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमले केही हदसम्म रगतको पूर्ति गरी अकालमा ज्यान गुमाउनबाट बचाउन सकिन्छ। त्यसैले सम्पूर्ण महानुभावहरुमा रक्तादान गर्न अनुरोध गर्दै रक्तादाता दिवसको असिम शुभकामना व्यक्त गर्दछु।
(ओली इन्खा एकीकृत अस्पताल इटहरी–४ ,सनसरीका अध्यक्ष हुन।)