काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०० शय्या क्षमताका प्रादेशिक अस्पतालको नयाँ संगठन संरचनाको प्रस्ताव तयार पारेको छ। मन्त्रालयले सार्वजनिक रुपमा छलफलका लागि लैजाने गरी नयाँ प्रस्ताव तयार पारेको हो।
प्रस्तावित संरचनामा आएका सुझावका आधारमा मन्त्रालयले त्यसमा आवश्यक फेरबदल गर्ने जनाएको छ। मन्त्रालयले तयार पारेको प्रस्तावित संरचना अनुसार २०० शय्याको प्रादेशिक अस्पतालमा विभिन्न १० वटा विभाग, १३ वटा इकाइ र ३ वटा शाखा रहने छन्।
प्रस्तावित संरचनामा अस्पतालको प्रमुखमा ११ औं तहका निर्देशक रहने छन्। यस्तै विशेषज्ञसहित मेडिकल अफिसरहरु ११० जना, नर्सिङ जनशक्ति ४२७ जना रहनेछन्। अस्पतालमा सबै विभाग, इकाइ र शाखा गरेर ७०० जना जनशक्ति रहने प्रस्ताव गरिएको छ।
हेरौं प्रस्तावित संगठन संरचना