काठमाडौं- चिकित्सा शिक्षा स्नातक तहमा पाकिस्तानको छात्रवृत्तिका लागि विद्यार्थी छनोट भएका छन्। चिकित्सा शिक्षा आयोगले पाकिस्तान सरकारबाट प्राप्त हुने छात्रवृत्तिका लागि एमबीबीएसतर्फ १० जना, बीडीएसमा १ र डी फर्मेसी कार्यक्रममा ८ जनाको नाम रिफारिस गरेको छ।
गत चैत्रमा सञ्चालित एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रमका आधारमा सिफारिश गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाइएको आयोगले बताएको छ।