काठमाडौं– जीवन बीमक संघ नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दुईवटा संस्था काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा भगवान कोइरालालाई ४० लाख र समता एडुकेशन ट्रस्टको तर्फबाट निर्देशक दीपक सन्जेललाई ३० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक संघ नेपालका अध्यक्ष लगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा सम्पन्न भएको छ।
समता एडुकेसन ट्रस्ट संस्थाले देशभरी ५० हजारभन्दा बढी आर्थिक हिसाबले कमजोर विधार्थीहरुलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उदेश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ।
त्यसैगरी, काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–०७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उदेश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उदेश्य लिएको छ।
जीवन बीमक संघ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले राम्रो काम गर्ने समाजसेवी संस्थाहरुलाई सहयोग गर्न पाउनु खुशीको कुरा भएको बताए।