काठमाडौं- सरकारले यही भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि लक्षित गर्दै कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिइँदैछ।
कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ।
यी हुन् खोप अभियान सञ्चालन हुने ५० जिल्ला