काठमाडौं- नेपालमा हाल ६७ जना कोरोना संक्रमितको आइसीयू र भेन्टिलेरमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४ जना आइसीयूमा छन् भने ३ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ। मन्त्रालयका अनुसार ५ हजार १८८ जना होम आइसोलेसनमा रहेका छन् भने १९९ जना संस्थागत आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेका छन्। सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४० हजार ८३२ पुगेको छ।