काठमाडौं- कार्यकारी निर्देशक र लेखा अधिकृतलाई हटाउन माग गर्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। कार्यकारी निर्देशक र लेखा अधिकृतलाई हटाउनेसहित २४ बुँदे माग राख्दै कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय सिमा दिएका छन्।
आगमी २१ भदौसम्ममा माग पुरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी गर्ने आन्दोलनरत कर्मचारीहरुले चेतावनी दिएका छन्।
उनीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा सचिवहरुलाई भेटेर जानकारी समेत गराईसकेका छन्। उनीहरुले स्वास्थ्य मन्त्री समक्ष तीन बुँदे माग समेत पेश गरेका छन्। जसमा अस्पताल विकास समिति तत्काल गठन हुनुपर्ने, अस्पतालका कार्यकारी निर्देशक र लेखा अधिकृतलाई तत्काल हटाउनु पर्ने लगायतका माग रहेका छन्।