काठमाडौं- आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट चिकित्सकहरु समेत उम्मेदवारीको आकंक्षी बनेका छन्। चिकित्सा पेशामा आफ्नो पहिचान बनाइसकेका चर्चित चिकित्सकहरुलाई उम्मेदवार बनाउन प्रजातन्त्रवादी चिकित्सक संघले सिफारिस गरेको छ।
नेपाली कांग्रेसको सुभेच्छुक संस्था प्रजातान्त्रिक चिकित्सक संघले सात जना चिकित्सकहरुलाई प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो। संघले नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई सात जना चिकित्सकलाई प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनाउन सिफारिस गरेको हो।
यी हुन् संघले सिफारिस गरेका सात चिकित्सक
१. डा केदार नरसिंह केसी : डा केसीलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ नुवाकोट क्षेत्र नम्बर १ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
२. डा मुक्तिराम श्रेष्ठ : डा श्रेष्ठलाई प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ अर्घाखाँचीबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
३. डा मोदनाथ मरहठ्ठा : डा मरहठ्ठालाई प्रदेश साभा सदस्यका लागि प्रत्यक्ष तर्फ गोरखा २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
४. डा अन्जनीकुमार झा : डा झालाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ महोत्तरी ४ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
५. डा मनोहर दिन सैयद : डा सैयदलाई प्रतिनिधि सभा समानुपातिक तर्फ काठमाडौं-६ मा उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
६. डा सन्तोष उपाध्याय : डा उपाध्यायलाई प्रतिनिधि सभा प्रत्यक्ष तर्फ अछामबाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ।
७. डा अजय शाह : डा शाहलाई प्रदेश शभा प्रत्यक्ष तर्फ धनुषा-४ मा सिफारिस गरिएको छ।