मनमा दुख्ने, मुटुलाई
मनमा दुख्ने, मुटुलाई घोच्ने यातना यो कस्तो
सम्झना गाह्रो बिर्सन प्यारो बाध्यता यो कस्तो
माया त होइन कसैको पाप कसैको दुश्मनी
मुटुलाई छेड्ने मुहार हँसाई छुरा त्यो कस्तो नि
छाडेर जाने निष्ठुरी तिमी कसैको मन जलाई
कसरी बाँचू के गरी हासूँ अमिलो मन बनाई
आँसु भई झर्ने माया भई दुख्ने यातना यो कस्तो
सम्झन गाह्रो, बिर्सन प्यारो बाध्यता यो कस्तो
मायाको नाममा घृणाको खेल मुटुलाई छुन्न र
मन त सबको कोमल भन्थे सत्य होइन र
०००
आँसु
साँचेर राख्नु माया त्यो मेरो कलेजी कुनामा
उनेर बस्नु फूलको माला अक्षता दुनामा ।
जाँदैछु म त आजलाई आमा बिदाई दिनुस् है
सुकेर जाला आँखाको आँसु नरोई दिनुस है
सपना लिए केही बनी छाड्ने केही गरी देखाउने
हाँसो र खुसी सबमा बाँडी देशलाई हँसाउने
सजाई राख्नु तस्बिर त्यो मेरो मायाले छोपेर
हाँसेर बस्नु सम्झदा खेरी आँसुलाई रोकेर
कसैको आँसु, कसैको हाँसो, कसैको मर्मलाई
बुझेर आउँला, सिकेर आउँला, सबैको कर्मलाई ।
पठाउँला चिठी, बताउँला खबर समय पाउँदामा
नमान्नु पिर, नलिनु चिन्ता, सम्झना आउँदामा
हाँसेरै रुनु लुकाई पीडा आजको दिनलाई
सुकेर जाला आँखाको आँसु नरोइदिनुस है ।।
०००
हजार बहाना
हजार बहाना तिम्रा टाढिन रहेछ
अर्कैसँग अँगालोमा बाँधिन रहेछ
स्वार्थी संसार थाहा थियो बुझाउथेँ मन कसैगरी
अनेक दोष लगाई गयौ चोखो भयौ सधैँभरि
हजार प्रश्न तिम्रा अल्झाउन रहेछ
नयाँ धुन नयाँ तालमा रमाउन रहेछ
अर्कैसँग अँगालोमा बाँधिन रहेछ
न छेक्यो मायाले बाटो न त वाचा कसमले नै
माया नै फेर्ने कस्तो हो रहर हेर्ने झुके शरमले नै
-(डा विष्णु मूर्ति भट्टराईको गीत संग्रह विजयी मनबाट)