नेपालको स्वास्थ्य क्षेत्रको विकास हेर्ने हो भने धेरै भएको छैन तर तुलनात्मक रुपमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भएको देखिन्छ। हाम्रा नीति निर्माताहरुले नेपालको स्वास्थ्य प्रणलिलाई विश्वका अन्य मुलुकहरुको स्वास्थ्य सेवा प्रणली नीति ,रणनिती र पूर्व अभ्यासहरु जस्ताको त्यस्तै लागु गर्ने गरेको देखिन्छ। धेरै कुरा मानव स्वास्थ्यमा हानि नोक्सानी गर्ने जिवाणु र रोग एउटै भएता पनि कतिपय कुराहरु देश, भाैगोलिक अवस्था, जनघन्त्व,जलवायु अनुकुलन, खाद्य उत्पादन, खाद्य बस्तुको उपभोग, मौसम हावापानि र पेशाका कारण रोगको प्रकृति फरक हुन्छ। एउटै प्रकृतिका रोगहरुको पनि रोग निदान गर्ने तरिका र उपचार गर्ने प्रणाली फरक हुन जान्छ भन्ने कुराको ख्यालै नगरी विश्वका ति मुलुकहरुले अप्नाएको स्वास्थ्य प्रणाली, रोग निदान प्रकृया,उपचार पद्यति, नीति र रणनीती लादेको देखिन्छ। विदेशीहरुले आफू अनुकुल बनाएको स्वास्थ्य प्रणलीलाई हाम्रो देशको ग्रामिण भेगमा कार्यान्वयन गर्दा असफल भइरहेको छ। नीति योजना निर्माण तहमा कहिले पनि स्वास्थ्य नीति र रणनैतिक योजना बनाउँदा समुदायमा कार्यरत स्वास्थयकर्मीहरुको र कार्यान्वन गर्ने निकायको सल्लाह र सुझाव मागेको देखिँदैन।
बरु अन्य मुलुकमा स्वास्थ्य सूचना प्रणालीका वेबसाइटहरुको प्रयोग गरिएको देखिन्छ। हाम्रा विज्ञहरु धेरैजसो विदेश पढेर आउँछन जुन देशमा पढेको हो त्यो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्य समस्या, प्रयोगात्कमक अभ्यासहरु र स्वास्थ्य संरचना नीतिहरु र त्यो देशको स्वास्थ्यको रोडम्याप कण्ठ गरेर उपाधि हातमा थमाई नेपाल फर्कन्छन र नेपाल फर्केपछि नेपालको स्वास्थ्य समस्याको बस्तुगत अध्ययन नै नगरि लामो समयसम्म समुदायमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई बेवास्तागरी अन्य देशको जस्ताको त्यस्तै विषयबस्तु, लक्ष्य, नीति, रणनीति र रोड म्याप रटान गर्न लाउछन जसको कारण हाम्रो समुदाय सित मेल नखाने रणनीति अबलम्बन गरी समुदायमा काम गर्न खोज्दा औजार, उपकारण, दक्ष जनशक्ति भौतिक संरचना भाैगोलिक अवस्थाको कारणले कार्यन्वयन पक्ष फितलो भई जनताले पाउनुपर्ने गुण्स्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्न सकिरहेका छैनौं। संघीय व्यवस्थाले स्वास्थ्य क्षेत्र तहस नहस भएको होइन हाम्रो बुझाइ गलत हो। हिजोका दिनमा हालीमुहाली गरेर राज गरेकाहरुलाई अपठयारो परेर व्यवस्था खारेज गर्न रातदिन लागिरेका छन्। देश संघीयतामा गएपछिका केही स्वास्थ्य सुचाङ्कहरु बढदो क्रममा पनि छन् तर हामी स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी सहरी स्वास्थ्य केन्द्रमा जना चाहेको छैनन्। जिल्लामा काम गर्ने स्वास्थ्यकर्मी स्थानीय तहमा जना मान्दैन, प्रदेशमा काम गर्ने स्वास्थ्यकर्मी जिल्लामा काम गर्न जान मान्दैन। विभाग र मन्त्रालयमा कामग र्ने स्वास्थ्यकर्मी प्रदेशमा जान मानिरहेका छैनन्। दक्ष स्वास्थ्यकर्मी समुदायमा सेवा दिन आवश्यक छन बिडम्बना ति दक्षहरु तथ्याङ्क खेलाउने काममा मात्र सिमित छन्। अनि समुदायमा स्वास्थ्य सेवाबाट बञ्चीत गराउने काम संघीयताले गर्यो कि तपाई हामीले गरिरहेका छौं। एक चौटी गहन अध्ययन गनुपर्छ। एक दुई जनाको स्वार्थको कारणले संघीयतामा स्वास्थ्य धरापमा परेको भन्ने हल्ला पिटिएकोछ।
कागले कान लग्यो भन्दैमा कागको पछाडी हामि लाग्ने हैन कान छाम्न तिर गयौं भने बल्ल हामि भोलीका दिनामा दुख पाउदैनाैं। हाम्रा हिजोका स्वास्थ्यका विज्ञ नीति निर्माताहरुको स्वास्थ्य प्रणली र संरचनाको कारणले हामिले अहिलेसम्म दुख भोगीरहेका छौं। विदेशमा राज्यको राज्यको ढुकुटि सकेर विज्ञता हासिलको उपाधि त पायौं तर देशको स्वास्थ्य नीति लिएर नेपालमा आयौं कहिले पनि स्वास्थ्य संरचना हाम्रो देशको अनुरुप बनाउन सकेनौ। अझ फेरि पुरानै शैलीमा अहिलेका विज्ञ नीति निर्माताहरुले जाने हो भने हामिले प्राप्त गर्न खोजेको र आशा गरेको स्वास्थ्यको सकारात्मक सुचाङ्कमामा प्रगति होला भन्न सकिन्न। स्वास्थ्यकर्मीहरु बिचको तालमेल भएन भन्ने कैयाैं टिकाटिप्पणी पटक पटक आइरहेको देखिन्छ। स्वास्थ्य प्रणली निर्माणमा सहभागी भएका ब्यक्तिहरुको दोहोरो चरित्रको कारणले गर्दा यस्तो भएको छ। देश संघीयतामा गई सकेपछि स्वास्थ्य कार्यालयले गर्ने काम सबै पालिकाले गर्नुपर्नेछ भन्ने थाहा हुँदाहुँदै जिल्ला स्वास्थ्य कार्यालयमा काम गर्ने सुपरभाइजरहरु कोही पनि पालिकामा खटाइएन। पालिकामा खटाउँदा सम्बन्धित स्थानीय तहको स्वास्थ्य चौकमिा काम गरिरहेकलााई खटाइयो र कसैले सहयोग गरेन। अहिले पनि तीन तहको सरकारमा ३ वटा स को खुबै रटान गरिन्छ। ब्यबहारमा तपाईं हामीले भोगीरहेको तितो यर्थाथ अर्कै छ।
प्रायजसो पालिकामा जनस्वास्थ्य अधिकृतको दरबन्दी छ। समायोजनमा जन स्वास्थ्य अधिकृतहरुले स्थानीय तह रोज्ने कुरै भएन अहिले संघ र प्रदेशमा फाजिलमा समेत बसेका छन्। पालिका जन स्वास्थ्य अधिकृतबिहिन छन्। माग गर्दा समायोजनमा नरोजेकालाई पठाउने कुरै भएन। स्थानीय तहमा सुरुदेखि नीति निमार्णमा संलग्न स्वास्थ्यकर्मी खटाउने प्रयास नै गरिएन। खटाएकाहरु पनि जान मानेनन् र खटिएका पनि आफ्नो सिटमा सुरक्षित गरी पुर्नबहाली भए। किनकी केन्द्रमा बसेर तथाङ्क खेलाएर बस्न जस्तो सजिलो छैन भन्ने थाहा छ। समुदायमा स्वास्थ्य सेवा प्रदान गर्न दक्ष सेवा प्रदायक ब्ढी आवश्यक्ता पर्छ भनेर थाहा हुँदाहुँदै राजनैतिक शक्तिको आडमा तथ्याङ्क खेलाएर पुरस्कृत हुनेको संख्या धैरै छ। जसको कारणले वास्तविक सेवा प्रदायक दिक्क छन्। काम गरेर भन्दा तथ्याङ्क खेलाएर पुरस्कृत हुँदोरहेछन् भन्ने भ्रम सृजना हुँदैछ। एक जनाले गरेको कामको औषतमा साझेदार संस्थाहरु लगायत १० जनाले तथ्याङ्क खेलाएर आफ्नो रोटी सेक्ने काम गरिरहेका छन्।
संघीयतामा स्वाथ्य क्षेत्र तहस नहस भयो भन्नेहरु एकै मात्र स्वार्थ हो आफ्नो पुराने सिट र कुर्सीमा फर्केर राज गर्न चाहान्छन्। जनतालाई सेवा दिने पक्षमा छैनन्। ग्रामीण क्षेत्रमा हामी पुरानै अनुहार काम गरिरहेका छौं। एकाध बाहेक संघीयतामा स्वास्थ्य तहस नहस भयो भनेर हामी ग्रामीण क्षेत्रका स्वास्थयकर्मीहरुले कहिलै भनेको छैनौं। किनकी केही आमुख व्यक्तिको झिनो स्वार्थका कारणले व्यवस्थामाथि दोष लागउन कसैले नि चुक्नु हुँदैन। स्वास्थ्य सेवामा स्वास्थ्य सेवा प्रदायक भन्दा तथ्यांक खेलाएर बस्नेहरुको भिड छ। तर पनि तथ्याक सुधार भईरहेको छैन। स्वास्थ्य सेवाका विज्ञहरु स्वास्थ्य सेवा दिन छोडेर प्रशासनिक चिठीपत्र लेख्ने र सामान खरिद गर्नमा ब्यस्त छन। उता जनताले विज्ञको अनुहार समेत देखेको छैन। तपाईं हामी संघीयतालाई दोष थोपरिरहेका छौं।