काठमाडौँ- बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन छुटे स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने भएको छ। गत २ र ३ कात्तिकमा चलेको भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा छुटेका बालबालिकालाई स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिने स्वास्य तथा जनसंख्या मनलयले जनाएको छ।
मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तीमा गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर दुई हप्ताभित्र खुवाउन आग्रह गरिएको छ।
“छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्लुस र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, जारी विज्ञप्तिमा उल्लेख छ।
सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ।