काठमाडौं– आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदानस्थल तोकिएका विद्यालय तथा संस्थाहरुका लागि चार दिन सार्वजिनक बिदा दिइएको छ।
मंगलबार गृहमन्त्रालयले सूचना जारी गर्दै मतदानस्थल रहेका विद्यालय तथा संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्मका लागि सार्वजिनक बिदा दिइएको जनाएको छ।
यस्तै सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा भने दुई दिन मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
![No description available.](https://scontent.fktm12-1.fna.fbcdn.net/v/t1.15752-9/313779199_1468132397002544_3960938639480992164_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=qGDxkb2JbikAX_hEreP&_nc_ht=scontent.fktm12-1.fna&oh=03_AdSS1pOfGrDzyxz77mZeChXfLUwzDU8UrO1GQZVzqYUgeQ&oe=639A8445)