काठमाडौं– सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले ६ हजारभन्दा बढी मतले अग्रता लिएका छन्।
सुरुवाती चरणदेखि नै जसपा अध्यक्ष उपेन्द्र यादवसँग मतान्तर बढाउँदै लिएका राउतले मंगलबार बिहानसम्म ६ हजार भन्दा बढी मतले अग्रता लिएका हुन्।
पछिल्लो मतपरिणाम अनुसार राउतले १२ हजार २२५ मत प्राप्त गरेका छन्। पूर्व स्वास्थ्यमन्त्री यादवले भने ६ हजार २० मत ल्याएका छन्। यस्तै उक्त क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ३४४ मत पाएका छन्।
सप्तरी– २ को पछिल्लो अपडेट
सिके राउत - १२२२५
उपेन्द्र यादव - ६०२०
जयप्रकाश ठाकुर - २३४४