काठमाडौं– नेपाल चिकित्सक संघले आगामी निर्वाचनमा सहभागी हुने चिकित्सकलाई मंसिर १७ गतेभित्र आजीवन सदस्यता लिन आग्रह गरेको छ।
संघले एक सूचना जारी गर्दै संघको निर्वाचनमा सहभागी हुन चाहने चिकित्सकहरुले मंसिर १७ गते शनिबार दिउसो ३ बजेभित्र आजीवन सदस्यता लिइसक्नुपर्ने जनाएको हो।
आजीवन सदस्य नरहेका चिकित्सकले निर्वाचनमामतदानगर्न नपाउने संघले जनाएको छ। संघले आजीवन सदस्यताअनलाईन मार्फत लिनुपर्ने व्यवस्थापनि गरेको छ।
हाल डा लोचन कार्की अध्यक्ष रहेको संघमा उनको कार्यकाल सकिदै छ। संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्यक्ष, ६ सदस्य गरी १९ जना र संघको परिषद् सदस्य ६० जनाको लागि निर्वाचन हुँदैछ।