काठमाडौं- नेपाल मेडिकल काउन्सिलको शुक्रबार सम्पन्न विशेष दर्ता प्रमाणपत्र परीक्षामा ७४ दशमलव १६ प्रतिशत उत्तर्ण भएका छन्।
परीक्षामा ४७६ जना सहभागी भएका थिए। सहभागीमध्ये ३५३ जना उत्तीर्ण भएका छन्। परीक्षामा १२२ जना अनुत्तीर्ण भएका थिए भने १ जनाको नतिजा रोक्का गरिएको काउन्सिलले जनाएको छ।
यसअघि साउनमा भएको विशेष परीक्षामा ६८ दशमलव ६ प्रतिशत उत्तीर्ण भएका थिए।
काउन्सिलले परीक्षामा चित्त नबुझे ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने पनि जनाएको छ। यसका लागि एक हजार पाँच सय रुपैयाँ लाग्ने काउन्सिलले जनाएको छ।