चितवन- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पाण्डेले गठबन्धनका उम्मेदवार रहेका माओवादीका डा भोजराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी नर्स जिता बराललाई पराजित गरेका हुन्।
अन्तिम मत परिणाम अनुसार पाण्डेले ३४ हजार ६६२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी डा अधिकारीको २४ हजार ६७१ मत आयो। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीता बरालले १४ हजार ७८९ मत ल्याएकी छिन्।
उक्त क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरलाको १२ हजार ५७ मत आयो। कोइरालालाई एमालेले समर्थन गरेको थियो।
पाण्डेले एमालेको समर्थन र सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन्।