काठमाडौं- मुख शरीरको प्रवेशद्धार हो। मुख स्वस्थ हुन सकेन भने शरीरका अन्य अंगहरु पनि स्वस्थ हुन सक्दैन। हामीले दैनिक रुपमा दाँत ब्रस गरिरहेका हुन्छौँ। तर तरिका सही नहुन सक्छ। छनोट गरिएका मञ्जन र ब्रस पनि उपयुक्त नहुन सक्छ।
दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयमा हामीले डेन्टल सर्जन डा हरिप्रसाद ओलीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छ:
दिनको दुई पटक ब्रस गर्न किन आवश्यक छ?
– बिहान र बेलुकीको खानापछि गरी दुई पटक ब्रस गर्न आवश्यक छ।
– खाना खाएपछि दाँतमा खाएका खानेकुरा अड्किने, टाँसिने समस्या हुन्छ।
– दाँतमा अड्किएका खानेकुराहरु सफा गर्न दिनको दुई पटक ब्रस अनिवार्य छ।
दिनको दुई पटक ब्रस गरेनौँ भने दाँत तथा मुख स्वास्थ्यमा कस्तो असर गर्छ?
– दिनको दुई पटक ब्रस नगर्दा गिजा सम्बन्धी समस्या हुन्छ।
– दाँतमा किरा लाग्ने समस्या पनि निम्त्याउँछ।
व्यस्तताका कारण दिनको दुई पटक ब्रस गर्न नमिल्ने अवस्थामा कसरी सफा राख्ने?
– खानेकुरा खाने बित्तिकै पानीले कुल्ला गर्नुपर्छ।
– माउथ वास बोकेर हिड्न संभव नहुने भएकाले पानीले कुल्ला मात्र पनि गर्न सकिन्छ।
ब्रस र मञ्जनको छनोटमा सचेत हुन कत्तिको जरुरी छ?
– हामीले प्रयोग गर्ने ब्रस र मञ्जनको छनोटमा सचेत हुन एकदमै आवश्यक छ।
– कतिपय बिरामीले दिनको २/३ पटक ब्रस गर्छु भन्नु हुन्छ तर उहाँहरुको मुख स्वास्थ्य राम्रो देखिदैन।
– कडा भन्दा नरम खालको ब्रसको प्रयोग गर्नुपर्छ।
– फ्लोराइड अर्थात् नूनको मात्रा बढी भएको मञ्जन प्रयोग गर्नुपर्छ।
एउटा ब्रस कति महिनासम्म प्रयोग गर्न मिल्छ?
– तीन/तीन महिनाको फरकका ब्रस परिवर्तन गर्नुपर्छ।
– एउटै ब्रसलाई लामो समयसम्म प्रयोग गरिरहनु हुँदैन।
दाँत ब्रस गर्ने सही तरिका के हो?
– ब्रस ४५ डिग्रिमा राख्ने र पछाडिबाट ब्रस गर्दै जाने।
– ब्रस गर्दा तल माथि, दाँया, बाँया गरेर सफा गर्नुपर्छ।
कति मिनेटसम्म ब्रस गर्नुपर्छ? यसको कुनै समय छन्?
– दुई मिनेटसम्म दाँत ब्रस गर्दा सफा हुन्छ। हतारमा गर्नु हुँदैन।
दाँतमा किरा कसरी लाग्छ?
– दाँतमा किरा लाग्ने भनेको किरा नै लाग्ने भन्ने होइन।
– हामीले खाएको खाना अड्किदा कुहिएर सुक्ष्म जीवाणुले दाँतलाई खाल्डो पार्दै लैजाने हो।
– किरा आजको भोलि लाग्ने होइन। समयमै उपचार नगर्दा दाँतलाई असर गर्दै जाने हो।
दाँतमा किरा लागेको कुन अवस्थामा अस्पताल जाने?
– दाँतमा किरा लाग्न नदिन राम्रोसँग ब्रस गर्नुपर्छ।
– दाँतमा किरा लागेपछि दाँत सिरिङ्ग हुने, दुख्ने समस्या आउनु अगाडी नै अस्पताल जानुपर्छ।
– समयमै चिकित्सकलाई देखाउन सक्यौ भने उपचार र खर्च सहज हुन्छ।
दाँतलाई बिगार्ने खानेकुराहरु के के हुन्?
– मुख स्वस्थ्य भए मात्र शरीरका अन्य भाग पनि स्वस्थ हुन्छन्।
– दाँतमा धेरै टाँसिने, गुलियो, जंक फूडहरु खानु हुँदैन।
– फाइबर युक्त खानेकुराले दाँत र पुरै शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ।
भिडियो – निमेषजंग राई