काठमाडाैं- यही फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको मितिलाई स्मरणीय बनाउन हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिएको हो।
यस वर्ष पनि संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको छ।
मूख्य सचिव शंकरदास वैरागीकाे संयोजकत्वमा स्वास्थ्य सचिव देव कुमारी गुरागाईं, डा रोशन पोखरेल, सबै अतिरिक्त सचिव, महानिर्देशक महाशाखा प्रमुख र केन्द्रीय अस्पतालका प्रमुख, स्वास्थ्य क्षेत्रका राष्ट्रियस्तरका ट्रेड युनियनका अध्यक्षहरू रहेको मूल समारोह समिति गठन गरिएको छ।
यस्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक संयोजकरहने गरी कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल’ निर्माणमा हाम्रो टेवा’ रहेको छ।
यस्तो छ कार्यक्रम तालिका