काठमाडौं– महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।
अनेरास्ववियुकी नोबिना बस्नेतले २१७ मत ल्याउँदै विजयी भएकी हुन्। उनकी प्रतिपस्र्धी नेपाल विद्यार्थी संघकी धनुष विश्वकर्माले १३३ मत ल्याएकी थिइन्। महाराजगञ्ज नर्सिङ क्याम्पसमा कुल ३६९ मतदाता रहेकोमा ३५१ मत खसेको थियो । यस्तै एक मत बदर भएको थियो।
यस्तै अन्य पद तथा सदस्यमा पनि अनेरास्ववीयुको प्यानल नै विजयी भएको छ।
सचिवमा सजिना पन्थ, कोषाध्यक्षमा आयष्मा राय र सदस्यहरुमा बिन्जना केसी, सीमा खनाल, मन्जुशा न्यौपाने, अविषा कार्की र कन्चन सापकोटा विजयी भएका छन्।