काठमाडौं - सरकारले सरकारी अस्पतालमा रहेको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाउने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा रहेको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइने बताए।
बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइने उनले बताए।
‘ज्येष्ठ नागरिकका लागि सरकारी अस्पतालमा सञ्चालन रहेको जेरियाट्रिक वार्डलाई प्रभावकारी बनाइनेछ।’ उनले भने, ‘वर्षेनी बढ्दै गइरहेको बुढ्यौली उमेरमा देखिने डिमेन्सिया र अल्जाइमर्स रोगको स्क्रिनिङ्ग गरी नजिकको विशिष्टकृत अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइनेछ।’