काठमाडौं - अमेरिका भ्रमणमा रहेका पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराट्रिय समन्वय समितिले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर (सद्भावना दुत) बनेका छन्।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधब मरासिनीले क्यान्सर सचेतना अभियानका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन्। क्यालिफोर्नियामा एक कार्यक्रमको आयोजना गरी डा। शाहीलाई सोमबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको छ।
अध्यक्ष मरासिनीले डा शाहीको कामको सम्मान गर्दै थप सफलताको शुभकामना दिए। साथै विश्वमा द्रुत गतिमा बढिरहेको क्यान्सर रोग निवारणको लागि गरिने अनुसन्धान, रोकथाम ,उपचारका लागि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समितिको सहयोग सद्भाव रहेने प्रतिवद्धता व्यक्त गरे।
महासचिव दिपेश लामाले नेपालमै आधुनिकस्तरको क्यान्सर अस्पताल खोल्न अन्यन्त आवश्यक रहेको र त्यसको नेतृत्व लिनको लागि डा शाहीलाई आग्रह गरे। डा शाहीले एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको सम्मानलाई आफुले क्यान्सर उत्थान रोकथामा उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको र यस्ले क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले गरेका काम विश्वसामू चिनाउन आफू सदैव लागिपर्ने बताए।
केहि वर्षभित्र एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्य समितिको पहलमा डा शाहीले नेतृत्व लिने गरी सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने क्यालिफोर्नियामा आपसी समझदारी पत्रमा प्रथम पक्षबाट अध्यक्ष महासचिब र दोस्रो पक्ष बाट डा अरुण शाही बिच सम्झौंता भएको छ। केहि महिना भित्र बर्दियाको राजापूर नगरपालिकामा ९ वर्ष देखि १५ वर्ष उमेर सम्मका सरकारी विद्यालयमा अध्यनरत १०० जना बालिका हरुलाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने एचपीभी खोप उपलब्ध गराउने भएको छ।